तीन तारे जर्नेलको लाइनमा दुई कार्की

तीन तारे जर्नेलको लाइनमा दुई कार्की

हाल बिदामा बस्नुभएका प्रधानसेनापति पूर्णचन्द्र थापा अबको ८ दिनपछि स्वतः अवकाश हुनुहुनेछ । आगामी आइतबार प्रधानसेनापतिको सरकारी निवास छाडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारी पनि भइरहेको छ ।

तर,भदौ २५ गते चार तारे प्रधानसेनापतिबाट अवकाश भएपछि पाँचतारे भएर केही समय मुलुकलाई सेवा गर्ने यौटा सम्भावना सरकार परिवर्तनसङ्गै सकिएको बताइन्छ । प्रहरीमा डिजी (महानिर्देशक) को पद सिर्जना गर्ने भने झैं सेनामा केही बर्षदेखि फिल्ड मार्शल तहको दरवन्दी ल्याउने हल्ला सेनापतिको कार्यकाल सकिने बेला चल्ने गरेको छ ।

चिफ अफ डिफेन्स स्टाफको दरवन्दी सिर्जना गरेर मोदी सरकारले पूर्व स्थल सेनाध्यक्ष विपिन रावतलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा राखेको छ । उनको गत चैतमा नेपाल भ्रमण गराउने कोशिससमेत भएको थियो । तर,कोरोना महामारीका कारण रावतको भ्रमण हालसम्म रोकिएको छ । उनले भारतीय स्थल सेनाध्यक्ष हुँदा तीन वर्षअघि नेपाल भ्रमण गरेका थिए । अवकाशपछि उनी भारतीय सेना (जल,स्थल र वायु) को चिफ अफ डिफेन्स स्टाफ बनेका हुन् ।

“खरेलले अवकाश पाएपछि अहिले ईश्वर हमाललाई जस्तै एक वर्षको म्याद थप्न आनाकानी गरियो ।”

यता,ओली सरकारले पनि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत कमाण्डनिम्ति उताको जस्तै चिफ अफ डिफेन्स स्टाफको सोच भएको स्रोतको दाबी छ ।
त्यस्तो अवस्था सिर्जना भएको भए प्रभूराम शर्मापछि जर्नेल अनन्त कार्कीको चिफ बन्ने सम्भावना रहन्थ्यो । एमाले नेता महेश बस्नेतको भक्तपुर जिल्लावासी भएकाले पनि कार्कीको चर्चा चलाइएको थियो । उनी भक्तपुर गुन्डुका हुन् ।
यसवीच तीन तारे जर्नेलको पद खाली भएको दुई महिना बितिसक्दा समेत पदपूर्तिको कुनै पहल भएको छैन । जर्नेल ईश्वर हमाल अवकाश भएपछि उक्त पद खालि भएको हो । उनी गत असारमै रिटायर्ड भएका हुन् ।

हमाल रिटायर्ड भए पनि अहिले फोर्स कमाण्डरको हैसियतले इजराइल र सिरियावीचको गोलान हाइटमा राष्ट्रसंघीय मिसनमा कार्यरत छन् । असारमा खाली भएको उनको पदमा अहिलेसम्म कुनै प्रक्रिया अघि नबढाइएकोलाई जंगी अड्डाभित्र सबैले अचम्म मानेका छन् ।

हमाल रिटायर्ड भए पनि उनलाई एक वर्षको म्याद थप गराइएको छ । इजरायलमा छँदै रिटायर्ड भए पनि सेनाको सिफारिसमा सरकारले एक वर्ष म्याद थपिदिएको हो । सेनामा रिटायर्ड भए पनि मिसनमा एक वर्षसम्म बस्न पाइने कानुनी व्यवस्था छ । तर,सेनाभित्र निजको पद भने खालि हुन्छ । उताचाहिँ उनी फोर्स कमाण्डर कायम रहन्छन् ।

हमाल रिटायर्ड भए पनि अहिले फोर्स कमाण्डरको हैसियतले इजराइल र जोर्डनवीचको गोलान हाइटमा राष्ट्रसंघीय मिसनमा कार्यरत छन् । असारमा खाली भएको उनको पदमा अहिलेसम्म कुनै प्रक्रिया अघि नबढाइएकोलाई जंगी अड्डाभित्र सबैले अचम्म मानेका छन् ।

यसअघि शिवराम खरेल पनि लेबनानमा फोर्स कमाण्डरको रुपमा कार्यरत थिए । उनीभन्दा अघिका फोर्स कमाण्डर हृदयाघातका कारण ठाउँको ठाउँ बितेपछि खरेल कमान्डरमा कायममुकायम भएका थिए । युएन मिसनले पनि उनैलाई कमाण्डर बनाउन खोजेको थियो । तर,त्यसबीचमा खरेलले अवकाश पाएपछि अहिले ईश्वर हमाललाई जस्तै एक वर्षको म्याद थप्न आनाकानी गरियो ।

सेनाको उपल्लो तहले म्याद थप्न चासो नदेखाएपछि खरेल बाध्य भएर स्वदेश फर्किएका हुन् । यसबाट पनि सेनामा आफ्ना र अर्कालाई कसरी काखी च्यापिन्छ भन्ने छर्लङ्ग भएको छ ।

सेनामा तीन तारे जर्नेलको पद अहिले हमालको समेत गरेर दुइटा खालि भएको छ । एउटा ईश्वरको हो भने अर्को प्रभुराम शर्मालाई साउन २४ गते मन्त्रिपरिषद्ले चार तारेमा बढुवा गरेपछि खालि भएको छ । वरिष्ठताको आधारमा अब बालकृष्ण कार्कीले तीन तारेमा बढुवा पाउने देखिन्छ ।

टिप्पणीहरू