साँचो प्रेमसँगै सुटुक्क सीमापार

  • राजेन्द्र स्थापित

मध्य अफगानिस्तानस्थित बामियान प्रान्तको राजधानी पनि बामियान नै हो । काबुलबाट २ सय ४० किमी उत्तरपश्चिममा पर्छ । हजारा यहाँका मुख्य बासिन्दा हेर्दा मंगोलजस्ता देखिने । फारसी भाषी यिनीहरु मंगोल सम्राट चंगेज खाँका सन्तान हुन्, जो पछि सिया मुसलमान बने । चंगेजले सन् १२२१ मा बामियानमाथि कब्जा जमाएका हुन् । पहिला यो बौद्धमार्गी कुसान साम्राज्यअन्तर्गत थियो । सन् ५०७ । ५५४ मा यहाँ तीन ठूला बुद्धमूर्तिलगायत चैत्यहरु निर्माण गरियो । चार हजार फुटको दूरीमा निर्मित एउटा मूर्ति १ सय ७४ फुट । अर्को १ सय १५ फुट उचाइको छ, विश्वकै अग्लो । 

यहाँका जनता साह्रै गरिब छन् । साक्षर छैनन् । न बिजुली छ, न ग्यास । खानेपानीको व्यवस्था । ९० प्रतिशत पहाडले घेरिएको । ६ महिना त जाडो नै हुने । तापक्रम माइनस ३ देखि २० सेल्सियस । मुख्य बासिन्दा हजाराहरु सिया भएकाले तालिवानको समयमा निकै सताइए । काबुलको लोककथामा त्यहाँका हजारा । नेपालका किराँत एउटै भएको बयान छ । लेखक इमानसिंह चेम्जोङले हजारा जातिका नेता लालेहाङ नेपाल पुगेपछि गोर्खाली बनेको ‘किराँत इतिहास’ मा उल्लेख गरेका छन् । सन् १९९८ मा तालिवानी सैनिक शिबर भञ्ज्याङ हुँदै बामियान आइपुगे । करिब दुई वर्ष लामो युद्धपछि सन् १९९९ को अन्त्यतिर त्यस प्रान्तमाथि कब्जा जमाए । बिस्तारै अहमद साह मसुद । हजारा मिलिसिया ‘हेज्बी–इ–वाहदात’ को प्रभाव क्षेत्र उत्तरका केही भागबाहेक सम्पूर्ण अफगानिस्तानमाथि कब्जा गरे । बामियानमा आमसंहार नै गरे । १३ वर्षमाथिका सम्पूर्ण पुरुषलाई मारे । सन् २००१ मा इस्लाम धर्मको मानभंग गरेको भन्दै बुद्धका विशाल मूर्तिमाथि सैनिक ट्यांक । गोलीले आक्रमण गरे । तर पहाडको ठाडो भीरमा खोपेर बनाइएका मूर्तिहरु पूर्णतः ध्वस्त पार्न नसकेपछि अन्यत्रबाट ट्रकका ट्रक बिष्फोटक पदार्थ ल्याए । मूर्तिको चारैतर्फ बिष्फोटक पदार्थ ओछ्याउन तीन दिन लाग्यो । सो पदार्थ नजिकै रहेको मस्जिदसम्मै बिछ्याइएको थियो, जहाँबाट बिष्फोटक पदार्थलाई चार्ज गरियो । अनि ‘अल्लाह अकबर’ नारा लगाउँदै बिष्फोटन गराइयो । तर पनि मूर्तिको खुट्टासम्म मात्र ध्वस्त भयो । त्यसैले ड्रिल गर्ने, डाइनामाइट बिष्फोटन गराउने कार्य लगातार २५ दिनसम्म चलिरह्यो । मूर्ति पूर्णतः क्षतिग्रस्त भएपछि तालिवानीहरु नाचे, गाए । नौवटा गाई बलि दिएर उत्सव मनाए । 

बामियान उपत्यकामा तालिवानीहरुले ताण्डव मच्चाउन थालेको बेला जाकिया । मोहमद अलि सानै थिए । अलि हजारा । जाकिया ताजिक जातिका । बामियानमा हजारा ९५.४ । ताजिक ४.१ प्रतिशत छन् । अन्यमा तातर । पठान । दुवैको गाउँसँगै थियो । दुवै आलुखेतीमा निर्भर थिए, अनि गरिब । ताजिकहरु हजारा । तालिवान दुवैबाट पीडित । त्यसैले शुरुवातमै जाकियाको परिवार उत्तरी प्रदेश बाघलानतर्फ भाग्यो । केही समयपछि नै अलिको परिवार पनि कोह–इ–बाबा पहाडतर्फ भाग्यो । त्यसबेला हजाराविरुद्ध तालिवानमात्र होइन, ताजिक, पठान । उज्बेकीहरुसमेत लागेका थिए । किनभने उनीहरु सुन्नी थिए भने हजारा सिया । केही समयपछि दुवै परिवार बामियान फर्के तर महिला । केटाकेटी मात्र । त्यसबेला अलि ८ । जाकिया ५ वर्षका थिए । अलिका बाबु । दाजु छापामारमा लागेका, उतै बसे । तालिवानीहरु सियामाथि अत्यन्त दुव्र्यवहार गर्थे । सियाले पालेको कुखुरा पनि सिया नै हुने भन्दै काटेर फाल्थे । पछि जब अमेरिका नेतृत्वको फौजले अफगानिस्तानमाथि हमला ग¥यो । तालिवानीहरु भागे, तब बल्ल पुरुषहरु फर्के ।

जाकियाका बाबु जमानले पैत्रिक सम्पत्तिको रुपमा खाम–ए–खल्क गाउँमा एक चौथाइ एकड भूमि पाएका थिए । त्यहीँ माटोको जोडाइमा इँटाको सानो घर बनाए । र, सँगैको जमिन भाडामा लिएर खेतीपाती गरे । जमानको दाँजोमा अलिका बाबु अनवर भाग्यमानी सावित भए । खाम–ए–खल्कको ठीक मास्तिर सुर्ख डार गाउँमा पाँच एकड भूमि थियो, उनको नाउँमा । तुलनात्मक रुपमा अलिको परिवार अलि बढी गरिब थियो तर पनि अनवरले तीनै छोरालाई स्कुल पठाए । उता, जाकियाका मात्र एक भाइ थिए– रजाक, उनले स्कुल जान पाए तर जाकियाले पाइनन् । माटो खेल्दै दिन बित्थ्यो । जाकिया माथिल्लो सुर्ख डारका हजारा बालिकाहरु नीलो लुगा लगाएर स्कुल गएको हेरी बस्थिन् । आफूलाई स्कुल पठाउन बाबुलाई कर गर्थिन् । जमान ‘हामी साह्रै निर्धन छौं’ भनी छोरीको कुरा टार्थे । जाकिया दिनभरि पुतलीसित खेलेर बस्थिन् । गाउँका अन्य केटाकेटीसँग खोलामा माछा मार्न जान्थिन् । कट्टर मुस्लिम समुदाय भए पनि केटाकेटीमा लिंगभेद गर्दैनथे । केटाकेटी सँगै खेल्थे । तर जब किशोरावस्थामा पुगे, रजाक दिदीमाथि कडा व्यवहार गर्न थाले, बाबुले भन्दा बढी । जतिखेर पनि जाकियालाई घरभित्र जा, अपरिचित केटाको अगाडि नपर्, टाउको ठूलो स्कार्फले छोपेर बस् भनी गाली गर्ने । किनमेलमा जाँदा जबर्जस्ती बुर्का लगाउन दिने । जाकियालाई मन नपर्ने इरानी लुगा लगाउन । पछ्यौरा ओढ्न दिन्थे । 

जाकिया । अलि सँगसँगै हुर्के । गाउँ फरक भए पनि जमिन जोडिएको हुनाले एक–अर्काकोमा गएर खेल्थे । दुवैको परिवार आलुखेतीमा निर्भर भएकाले पनि उनीहरुबीच सम्बन्ध थियो । त्यसमाथि दिनहुुँजसो जाकिया । अलि भीरमा भेडा चराउन जान्थे । त्यसबेला अलि १९ । जाकिया १६ वर्षको भइसकेका थिए । दुवैले एक–अर्कालाई कहिले । कसरी मन पराउन थाले, थाहै भएन । जब जाकिया । अलिको प्रेमप्रसंगले गाउँमा चर्चा पाउन थाल्यो, जमानले छोरीको बिहे टाढाको नाता पर्ने भतिजासँग गर्न दबाब दिए । जीवनमा कहिल्यै नदेखेको । नभेटेको केटोसँग बिहे गर्न जाकिया मानिनन् । बरु अलिसँगै बिहे गराइदिन आग्रह गरिन् । अफगानिस्तानमा अपरिचित युवकसँग देखेकै भरमा बर्सेनी हजारौं युवतीको हत्या हुने गर्छ । छोरीलाई बाबु । दाजुभाइको तथा स्वास्नीलाई लोग्नेको सम्पत्ति मानिन्छ । बाबु–दाजुभाइले जता भन्छन्, युवतीले त्यतै बिहे गर्नुपर्ने हुन्छ । यस्तो समाजमा हुर्केकी जाकियाको अलिसँग बिहे गर्ने निर्णयले जमान क्रोधित बने । फरक जाति । धार्मिक सम्प्रदायको युवकसँग कुनै हालतमा बिहे हुन नसक्ने अन्तिम निर्णय सुनाए । जाकियामाथि घरबाहिर हिँड्न प्रतिबन्ध लगाइयो । बाबु जमान, आमा साब्जा, भाइ रजाक । दाइभाइ पर्ने टाढाका नातेदारहरु अलिमाथि सांघातिक हमला गर्ने योजनामा लागे । जाकिया । अलि दुवैलाई जिउँदै जमिनमा गाड्ने धम्की दिए । 

ऐनमौकामा अमेरिकाको न्युजर्सीबाट बामियानको एउटा मिसन स्कुलमा पढाउँदै आइरहेकी शिक्षिकाले जाकियाको जीवन संकटमा परेको थाहा पाइन् । अमेरिकी सरकारसँग कुरो गरी अफगानिस्तानबाट भगाउने व्यवस्था मिलाउन अपिल गरिन् । प्रान्तीय मन्त्री फातिमाले पनि साहस देखाइन् । उनैको सहयोगमा रातको अँध्यारोमै (बामियानमा २४ घण्टामा चार घण्टा मात्र बत्ती हुन्छ) जाकिया घरबाट भागिन् । संयुक्त राष्ट्रसंघले अफगानिस्तानभरि १७ वटा त्यस्ता शिविर खडा गरेको छ, जहाँ बलात्कृत । हिंसाबाट पीडित युवतीले आश्रय पाउँछन् । जाकिया पनि बामियान नगरभन्दा ठीक बाहिर, बुद्धको मूर्ति रहेको स्थानबाट केही माइल पश्चिमस्थित महिला शिविरमा पुगिन् । शिविर, आश्रयस्थल वा जेलरुपी सो शिविरमा ६ महिना रहिन् । 

एकदिन अलि दिनभर श्रम गरेर घर फर्के । पटक्कै निद्रा लागेन । चिसो मौसमको पर्वाह नगरी शिविर पुगे । कसैले थाहा नपाउने गरी छतमा चढे । जाकियालाई मन पर्ने गायक मीर माफ्टुनको गीत गुन्गुनाउन थाले, 

‘तिम्रो दुइटा गाढा नयन, हो त्यो एक अफगानीको
तर तिम्रो हृदयमा छैन, त्यो करुणा इस्लामको
पूरा रात, बिहान हुञ्जेल बिताउने गर्छु, त्यो पर्खालबाहिर तिम्रो
कहिल्यै नबिउँझने, त्यो कस्तो निद्रा हो तिम्रो !’

जाकियाले तलै बसेर गीत सुनिरहिन् । चुपचाप । सन् २०१४ को मार्च २० मा राति शिविरबाट भाग्ने योजना बनाइन् । भगाउने योजना न्युयोर्क टाइम्स न्युज सर्भिसका काबुलस्थित संवाददाता रोड नोर्डल्याण्डले बनाएका थिए । रोडले पछि जाकिया । अलिको प्रेमकथामा आधारित रहेर उपन्याससमेत लेखे, ‘दि लभर्स ।’ त्यो बेलुका अलिले कम्तीमा १० पटक जाकियाको मोबाइलमा फोन गरे तर प्रत्येकपटक डान । अंग्रेजी भाषामा महिलाको स्वर सुने, ‘सम्पर्क हुन सकेन ।’ जाकियालाई फोन नम्बर थिच्नसमेत आउँदैनथ्यो, उठाउन मात्रै सक्थिन् । बामियानमा मोबाइल नेटवर्क यति कमजोर थियो कि घरभित्रबाट टिप्दै टिप्दैनथ्यो । त्यो बेला जाकिया शिविरभित्र पल्टिरहेकी थिइन्, दुई जना उनीजस्तै युवती अबिदा । सफुरासँग । भाग्ने योजना तीनैजनाको थियो । जाकिया रहेको शिविरमा जम्मा १५ युवती थिए । ढोकाबाहिरका पुरुष चौकीदार अफगानी नै थिए । जब महिला गार्ड युवतीहरु सुते÷नसुतेको निरीक्षण गर्न पसिन्, त्यो बेला तीनैजनाले मस्त निदाएको अभिनय गरे । र, मध्यराति उठे । जाकियाले बाथरुम पसेर नुहाइन् । बाहिर आएर जाकिया । अबिदाले सफुरालाई अंगालो हाली बिदा मागे । सफुरा बिरामी भएर भाग्न नसक्ने भएकी थिइन् । त्यसपछि तीनैजना मिलेर बिस्तरा (चारपाटे) लाई बाहिर लगी शिविरपछाडिको भागमा चाङ लगाए । अनि जाकिया त्यसैमा टेकेर पर्खाल चढिन् । अबिदालाई पनि तान्ने कोसिस गरिन् तर जाकियाभन्दा उमेरले बढी अबिदा मोटो शरीरको कारण चढ्न सकिनन् । अन्त्यमा जाकिया मात्र भाग्न सफल भइन् । १५–२० मिनेट पहाडको बाटोबाट ओर्लिन्, जहाँ अलि उनलाई पर्खी बसेका थिए । साथमा पत्रकार रोड गाडीमा थिए । उनैको सहयोगमा दुवै भागे । 

पहिलोपटक एक–अर्काको हात समातेर पहाड–समथर जमिन हुँदै भागे । सीमा पार गरी ताजकिस्तान पुगे तर त्यहाँ समातिए । फिर्ता पठाइयो । निकै दिन लुक्दै, भाग्दै गरे । अलिका पिता अनवरको साथ पाएका उनीहरुले एक मौलानाको घरमा पुगेर बिहे गरे । उनीहरु अमेरिकामा शरण लिन चाहन्थे, तसर्थ काबुल पुगे । जाकियाका बाबु जमानले छोरीको अपहरण भएको रिपोर्ट प्रहरीमा लेखाइसकेका थिए । यसैबीच अलि काबुलमा पक्राउ परे । जाकियालाई त्यतैको महिला शिविरमा पठाइयो । त्यसबेलासम्ममा पत्रकार रोडले जाकिया । अलिको अन्तर्वार्ता छापिसकेका थिए । नतिजा प्रहरीमाथि चौतर्फी दबाब प¥यो । महिला मन्त्री फातिमा काजिमीले पनि मन्त्री पद नै दाउमा राखेर अफगानी लैला–मजनु जाकिया–अलिलाई सहयोग गरिन् । बल्ल दुवै वयस्क भइसकेको । बिहे गरेको प्रमाणको आधारमा अलि । जाकिया छुटे । 

दुवैले काबुलस्थित अमेरिकी दूतावासमा भिसाको लागि आवेदन दिए । जाकियाको परिवार । कट्टरपन्थी मुसलमानहरुले दुवैको पासपोर्ट बन्न नदिन प्रशासनमाथि दबाब दिइरहे । जाकियालाई फर्काई लान भरमग्दुर कोसिस गरे तर जाकिया अलिबाट छुट्टिन मानिनन् । अन्त्यमा सन् २०१६ को मे १७ मा उनीहरू न्युयोर्क पुगे । २२ वर्षीय अलि । १९ वर्षीया जाकिया १७ महिनाकी छोरी रुकैयासित खुशी छन् ।

 

टिप्पणीहरू