​पुरानै कुरामा अझै प्यारप्यार

खुराफातीले….अन्तै भोट हालेछ अन्तरघातीले । ..वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूले सामाजिक सञ्जालमा यो गीत छरपस्ट पारे । चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेस जिल्ला कार्यसमितिले १९ नेता–कार्यकर्तालाई कारबाहीको पत्र काटेको छ । पत्र पाएलगत्तै केही कांग्रेसीले पार्टी नेतृत्वसँग नै उल्टो राजीनामा मागेका छन् । सभापति प्रेमप्रकाश ओलीलाई अन्तरघातीको आरोप लागेका शिव आचार्यले ०५६ सालको प्रतिनिधिसभा चुनावमा टिकट बेचेको आरोप सामाजिक सञ्जालबाटै लगाएका छन् । स्पष्टीकरण सोध्नेको योग्यता र हैसियतमाथि प्रश्न उठाएका छन् । 

माओवादी केन्द्रको बर्चश्व रहेको । एमाले–कांग्रेस मिलेर पनि जित्न नसक्ने अवस्थामा कांग्रेसभित्रै झगडा चर्किनुलाई कार्यकर्ताले झन् ओरालो लागेको अर्थमा लिएका छन् । पार्टी निर्णयविपरीत गएको । उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै जिल्ला सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्यसहित क्रियाशील सदस्यलाई स्पष्टीकरण सोधिएको बुझिएको छ । कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्नलाई कारबाही गर्न ४ सदस्यीय अनुशासन विभाग गठन गरेको थियो । कार्यसमिति सदस्य भीमबहादुर डा“गी संयोजकत्वको विभागले जिल्लासचिव जनककुमार चन्द, क्षेत्र नम्बर १ का सभापति सुरतजंग मल्लसहित १९ जनालाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो । 

७ दिनभित्र चित्तबुझ्दो जवाफ नदिएमा निस्कासनसहितको कारबाहीका लागि सिफारिस गरिने अनुशासन विभाग संयोजक डा“गीले बताए । बा“फिकोट गाउ“पालिकाबाट जिल्लासचिव जनककुमार चन्दसहित पूर्व क्षेत्रीय सभापति खम्बु मल्ल, पूर्वमहाधिवेशन प्रतिनिधि उपेन्द्रबहादुर मल्ल, मुसीकोट नगरपालिकाबाट १ नम्बर क्षेत्रीय सभापति सुरतजंग मल्लसहित जिल्ला सदस्य दीपा पाण्डे, दलबहादुर केसी, टेकबहादुर पुन र आठबिसकोट नगरपालिकाबाट पूर्वजिल्ला सदस्य गंगाराम गौतमलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, त्रिवेणी गाउ“पालिकाबाट भूपालसिंह ओली । हीरा केसी, चौरजहारी नगरपालिकाबाट शिव आचार्य, बालकृष्ण भाट, दौलत विष्ट, लोकेन्द्र केसी, गणेश डा“गी र डिल्ली हमालसँग पनि स्पष्टीकरण सोधिएको बताइन्छ । ६ वटा स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट असहयोग हु“दा नराम्ररी हार व्यहोर्नुपरेको ठहर कांग्रेसले गरेको छ ।

त्यस्तै, रुकुमको एक मतदान केन्द्रमा पुग्न मतदातालाई ५ घण्टा पैदल हिँड्नुपर्ने भएको छ । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि भूमे गाउँपालिका–८ पुग्न केही ठाउँका मतदातालाई बढी समय लाग्ने भएको हो । साविक रुकुमकोट गाविसको ४ नम्बर वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भूमे–८ को मतदान केन्द्र महत गाविस–८, को आधारभूत विद्यालय भोल्टीमा कायम गरिएको छ । उक्त केन्द्रमा पुग्न साविक रुकुमकोट–४, को मैवाङबाट ५, झिम्काबाट ४ र कुचिवाङबाट ३ घण्टा बढी पैदल हिँड्नुपर्ने मैवाङका दुर्गाबहादुर बुढाले बताए । तत्कालीन दुई गाविसका ३ वडा मिलाएर नया“ वडा बनाउँदा पायक पर्ने ठाउ“मा मतदान केन्द्र नबनाइएको त्यस क्षेत्रका मतदाताले बताएका छन् । ‘जान मात्र ५ घण्टा लाग्छ अनि आउन पनि त्यति नै समय खर्चनुपर्छ, बुढाले भने, ‘आउन–जान १० घण्टा लाग्छ अनि कतिबेला लाइन लाग्ने, कतिबेला भोट हाल्ने । कतिबेला घर फर्किने र’ मतदाता केन्द्रमा पुगी भोट हालेर सोही दिन घर फर्किने अवस्था नरहेको मतदाताको भनाइ छ । 

सबैभन्दा बढी अपांग र ज्येष्ठ नागरिकलाई समस्या हुने देखिएको छ । उकालो, ओरालो । खोलानालाको कारण पनि सजिलै मतदान स्थलसम्म पुग्न सहज छैन ।  स्थानीय भूगोललाई अध्ययन नै नगरी नया“ वडा बनाइएको तथा मतदान केन्द्र कायम गरिएको त्यस क्षेत्रका नागरिकले बताएका छन् ।

टिप्पणीहरू