एक फड्को स्वावलम्बनको

  • शोभा न्यौपाने

लमजुङका श्यामबहादुर तामाङको परिवार भारतमै बस्दै आएको हो । उनी त्यस्तै चार–पाँच कक्षामा पढ्दैथिए, आमाले भारत बस्न मानिनन् । नेपाल फर्किए । तिनैताका उनलाई टाइफाइड भयो । त्यसको असर आँखामा प¥यो । केही वर्ष उपचारमा हिँडे तर ठीक भएन । तिलगंगामा उपचारार्थ आउँदा भेटिएको एक जना अमेरिकनले लान्छु भन्यो तर आमाले मानिनन् ।

यसोउसो हुर्कंदै थिए, पढाउन भनेर धरान लगियो तर उमेर बढी भएको भनी विद्यालयले होस्टलमा राख्न मानेन । पढाइ त भएन तर धूप । मैनबत्ती बनाउने तालिम लिए । सीप भयो, केही गर्न सक्छु भन्ने आत्मविश्वास पनि भयो तर जीवनमा परिवर्तन आउन उनले त्यो सीपलाई व्यावसायिक गर्नु जरुरी छ । हालै उनले यसको पहिलो खुट्किलो पार पनि गरेका छन् । नेपाल नेत्रहीन संघले रजत महोत्सवको अवसर पारेर शुरु गरेको ‘दृष्टिविहीन स्वरोजगार कोशेढुंगा कार्यक्रम’ अन्तर्गत बिउ पँुजीस्वरुप १० हजार रुपैयाँ सहयोग रकम प्राप्त गरेका छन् । त्यसैबाट लमजुङमा अगरबत्ती उत्पादन । व्यापार गर्नेछन् । आफू । श्रीमतीका आवश्यकता पूर्ति गर्न अब यी २८ वर्षे युवालाई कुनै समस्या पर्ने छैन । 

उनकै समवय २४ वर्षे सुजित गुरुङ पनि जन्मँदा सामान्य थिए । अलिक पछि बिरामी परेर दुबै आँखाको दृष्टि गुमाए । अहिले सुजितले स्नातक तह सकिसकेका छन् । नेपाल नेत्रहीन संघले नै प्रदान गरेको चारमहिने कम्प्युटर तालिमसँगै अनलाइनमार्फत जीविकोपार्जन गर्ने सोच बनाएका छन् । भविष्यमा अनलाइन पत्रिका चलाउने लक्ष्य छ । तर, यति पढिसक्दा । सीप हासिल गरिसक्दा पनि सुजितको आर्थिक समस्या श्यामको भन्दा फरक छैन । आफैंले केही व्यवसाय गर्न पाए गाडी भाडा बुबासँग माग्नुपर्ने थिएन होला, भोलि विवाह गरेपछि श्रीमतीको टीकाधागाका लागि आमालाई भन्नुपर्दैन होला भनेर पनि स्वरोजगारमा हौसिएका छन् । रुचिअनुसार लक्ष्य भेट्न उनलाई एउटा कम्प्युटरको खाँचो छ । १० हजारले त कम्प्युटर आउँदैन तर त्यति भएछ परिवारलाई थप रकमको लागि मनाउन सकिन्छ । यो टेवा त टेको हो जसको सहारामा उनी आफ्नो लक्ष्यमा पुग्नेछन् । 
दृष्टिविहीनता वा अन्य कुनै पनि किसिमका अपांगता एउटा अवस्था मात्र हो, परनिर्भरताको पर्याय होइन । 

अपांगता भएका व्यक्तिका केही सीमितता हुन सक्छन् तर त्यसका बाबजुद उनीहरू जीवनमा सक्षमतासाथ अगाडि बढ्न सक्छन् । अपांगता भएका व्यक्तिलाई रोजगारीको अवसर एकदम कम छ । त्यसमा पनि दृष्टिविहीन व्यक्ति अझ पछाडि परेका छन् किनकि नदेख्नेहरूले केही गर्नै सक्दैनन् भन्ने आमधारणा छ । अरू त अरू स्वयं घरपरिवारको पनि प्रोत्साहन हुँदैन । काठमाडौंको हाँडीगाउँका एक युवा २७/२८ वर्षको उमेरमा ब्रेल सिक्दै छन् । ७/८ वर्षको उमेरमा दृष्टि क्षमता घट्यो । डाक्टरले आँखाको उपचार नहुने ठहर गरे । अल्पदृष्टियुक्त छोरोलार्र्ई लिएर आमा ललितपुरको नमुना मच्छिन्द्र स्कुलमा पुगिन् । तर, दृष्टिविहीन विद्यार्थी होस्टेलमा बस्नुपर्ने जानकारी पाएपछि भने ममत्व यत्ति जाग्यो कि छोरालाई भर्ना गर्न मानिनन् । फिर्ता घर ल्याइन् । दोहो¥याएर कुनै स्कुल लगिनन् । किन त ? भन्छिन्, ‘बालखै थियो, आँखाको भर हुँदैन, लड्ला– चोट लाग्ला भन्ने भय भयो ।’ आमाले एकछिन मन थाम्न नसक्दा त्यो बालकका लागि भने सम्भावनाका धेरै ढोका बन्द भए । जति उमेर बढ्दै गयो, उति घरमा थन्केर बस्न पट्यार लाग्न थाल्यो । सञ्चारमाध्यममा आउने अपांगता भएका व्यक्तिहरूका समाचारले ध्यान खिच्यो ।

अनि करकर गर्न थाले आमालाई – म ब्रेल सिक्न चाहन्छु, सीप सिक्न चाहन्छु । मलाई त्यस्तो ठाउँमा लगिदिनू । अहिले ती युवा नेपाल नेत्रहीन संघमा दैनिक आउँछन् । एक डेढ घण्टा ब्रेल सिकेर जान्छन् । उनी । आमा दुबैलाई समयमै पढ्न नपाएको कुराले दुखाउँछ तर अब भने जीवनले नयाँ मोड लिने कुरामा आशावादी छन् । उनी संगीत सिकेर संगीत मार्फत् नै जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छन् । 

यी युवा त एउटा प्रतिनिधिपात्र मात्र हुन् । समाजमा धेरै अभिभावक या त धेरै माया गरेर दृष्टिविहीन सन्तानलाई शिक्षा । सीपको उज्यालोबाट टाढा राख्दछन् या साह्रै अवहेलना गरेर सडकमै फाल्दछन् । हरेक व्यक्तिमा केही न केही क्षमता जरुर हुन्छ तर त्यो क्षमताले प्रस्फुटन हुन पाएन भने त्यसै मर्छ । हुन त अपांगता भएका व्यक्तिहरू, त्यसमा पनि दृष्टिविहीनले पढाइमा अब्बल हुँदाहुँदै पनि रोजगारीमा पहुँच पाएका हुँदैनन् । एक हप्ताअगाडि भक्तपुर नेत्रहीन संघले सूर्यविनायकमा सञ्चालन गरिरहेको बाँसको मुढा बनाउने तालिम हेर्न गएकी थिएँ । तालिममा सहभागी १० जना दृष्टिविहीनमा एक दुई जना छाडेर बाँकी सबैको शैक्षिक स्तर राम्रो थियो । केही बिएड तेसो वर्ष सकेकाहरू थिए, कोही कलेजको परीक्षा सकेर फुर्सदको सदुपयोग गर्न आएका पनि थिए । पूर्ण दृष्टिविहीन पनि मज्जाले धारिलोे चुप्पी चलाएर बाँसका कप्टेरा बनाउँदै थिए । सीप । लगन देख्दा लाग्थ्यो– जीवनमा सबैभन्दा ठूलो खुशी बाँसको मुढा बनेर उनीहरूसामु उभिएको छ । 

भक्तपुरका ५६ वर्षीय घाँसी शाक्यले खेर जाने प्लाष्टिकहरूबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् । वातावरण जोगिने । आर्य आर्जन पनि हुने यो सीपलाई उनी व्यवसायिक रूप दिन चाहन्छन् । नेपाल नेत्रहीन संघको १० हजार सहयोगले जीवनको उत्तरार्धमा उनको क्षमतालाई साँच्चै उपलब्धिमूलक बनाउँदै छ । पूर्ण दृष्टिविहीन कमला विकले कीर्तिपुरमा गत मंसिर महिनादेखि कस्मेटिक्स । फेन्सी स्टोर खोलेकी छन् । कपडाका बारेमा छामेर नै धेरै कुरा थाहा हुन्छ, कति कुरा घरका सदस्य । होलसेल पसलेसँग सल्लाह गरेर थाहा पाइन्छ भन्छिन् उनी । हरेक कपडामा दुईटा ट्याग राख्छिन्, एउटा मूल्यको । अर्को रंगको । बस्, यत्ति भएपछि व्यापार गर्न कुनै बाधा छैन । संघबाट प्राप्त यो रकम व्यवसाय बढाउनमा सहयोगी सिद्ध हुनेछ । 

नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले भनेझैं बीउ कहिले पनि सानो हुँदैन, त्यसमा राम्रो फसल दिनसक्ने क्षमता अन्तर्निहीत हुन्छ । अनि सानो सुरुवातले केही वर्षमै आर्थिक छलाङ मार्न सक्छ । संघका अध्यक्ष रमेश पोखरेल पनि सदुपयोग गर्ने हो भने यस्ता टेवा कार्यक्रम निकै उपलब्धिमूलक हुने अपेक्षा राख्नुहुन्छ । भन्नुहुन्छ– ‘स–साना भए पनि यस्ता कार्यक्रमले समस्यामा परेका दृष्टिविहीनलाई सम्मानित जीवनको मार्गप्रशस्त गरिदिन्छ ।’

महिला–बालबालिका तथा समाज कल्याण मन्त्रालय अपांग अधिकार प्रवर्धन शाखाका अधिकृत निमराज भट्टराई भन्नुहुन्छ– अबका कार्यक्रमले आत्मनिर्भता बढाउनेतर्फ जोड दिनुपर्छ । नेपाल सरकारको साझेदारी पनि स्वावलम्बन उन्मुख छ । 

हुन त कतिपय दृष्टिविहीनले लिएका सीपमूलक तालिमहरू लगानीको अभावमा आयआर्जनको माध्यम बन्न सकेका छैनन् । सबै किसिमका व्यवसायलाई ठूलै लगानी चाहिँदैन । कतिपय अवस्थामा सानो टेवाले ठूलो प्रतिफल दिन्छ । नाङ्ले पसल, हस्तकला, अगरबत्ती, मैनबत्ती, मुढा बनाउने, कुचो बनाउने, पशुपालन, कुखुरापालन, झोलसाबुन तथा फिनेल, हर्पिक बनाउने, च्याउ खेती गर्नेजस्ता अनेक व्यवसाय छन्, जसबाट सानो लगानीमै दृष्टिविहीनले प्रत्यक्ष लाभ पाउन सक्छन् । 

टिप्पणीहरू