फेरी प्रहरीलाई गाडी चलाउन सिकाइयो

फेरी प्रहरीलाई गाडी चलाउन सिकाइयो

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको सहकार्यमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुसीले २३ औं समूहको सवारी चालक (हलुका÷हेभी) एड्भान्स तालिम शुरु गरेको छ ।

तालिमबाट नेपाल प्रहरीका सवारी चालकहरुले सवारी साधनमा समयअनुसार आएको परिर्वतन र नयाँ प्रविधिबारे आवश्यक ज्ञान हासिल गर्ने बताइएको छ । तालिमपछि योग्य र दक्ष चालक उत्पादन हुने जानकारी दिइएको छ ।

१६ दिनसम्म हुने तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ३३ जना गरी कुल ३९ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

टिप्पणीहरू