यसपालि पनि अचम्मै देख्न पाइयो

भनिएको छ, राष्ट्रिय चलचित्र अवार्ड । तर, उपस्थितहरूको अनुहार नियाल्दा लाग्थ्यो– कुनै ‘पास्नी’ कार्यक्रम भइरहेको छ । राष्ट्रिय चलचित्र अवार्ड वितरण कार्यक्रमममा पुरस्कार पाउनेबाहेकका कलाकारको उपस्थिति नदेखिनुले पनि यो पुष्टि हुन्थ्यो । आइतबार साँझ राजधानीको ह्यात होटलमा प्रियंका कार्की, नम्रता सापकोटा, आश्मा डिसी, दीपाश्री निरौला, दयाहाङ राई, रमेश उप्रेती, पृथ्वीराज प्रसार्इं, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेलगायत औंलामा गन्न मिल्ने कलाकार मात्र उपस्थित थिए ।

गोपीकृष्ण हलका मालिक तथा कमल थापाको पार्टी कोषाध्यक्ष रहेका उद्धव पौडेलहरूले वितरण गर्दै आएको एनएफडिसी अवार्डमा गाईजात्रा देखिएको हो । पहिला जजहरूले चलचित्रका विषयवस्तु नहेरी नायक÷नायिकाको थोपडा हेरेकै भरमा अवार्ड वितरण गर्दा निर्णायकहरू नै विवादमा तानिएका छन् । अघिल्लो वर्षझैं यसपटकका निर्णायकसमेत विवादमा तानिएका छन् । शुभबहादुर सुनाम संयोजक रहेको तीन सदस्यीय निर्णायक मण्डलले अधिकांश पुरस्कार दीपकराज गिरी, दीपाश्री निरौलाको ‘छक्का पञ्जा’कै पोल्टामा पारिदिँदासमेत पटकथा अवार्ड अर्कैतिर गएपछि उनीहरू बिच्किएर कार्यक्रमस्थल छाडी हिँडेको देखिन्थ्यो । निर्णायकले कमजोर पटकथा मानिएको पुरानो डुंगाको पोल्टामा पाँच हजार राशिको पुरस्कार पारिदिएपछि दीपक, दीपा । माग्नेबूढा हलबाट निस्किए । पुरानो डुंगामा रामबाबु गुरुङ ।

उपेन्द्र सुब्बाको लेखन छ । जुन चलचित्रको ‘हे नीर’ बोलको गीत बजारमा हिट भए पनि पटकथा निकै कमजोर मानिन्छ । जात्राका निर्देशक प्रदीप भट्टराई, वीरविक्रमका निर्देशक मिलन चाम्स, कालो पोथी, हेमराज बिसीको गाजलुजस्ता उत्कृष्ट चलचित्रले कुनै विधामा पुरस्कार पाएनन् । प्रियंका कार्कीले ‘छक्का पञ्जा’बाटै उत्कृष्ट नायिकाको अवार्ड उचालिन् । केकी अधिकारी लभ सासामा, सिर्जना सुब्बाहरूको भूमिका डाइङ क्यान्डलमा अब्बल छ । दीपकराज गिरी, दीपाश्री निरौला । केदार घिमिरे छक्का पञ्जाले उत्कृष्ट पाटकथाको अवार्ड नपाएपछि निस्किए । बीचमा प्रियंका कार्की, नम्रता सापकोटाहरूले पटक–पटक फोन गरे पनि उनीहरू सम्पर्कमा आएनन् ।  

वर्षभरि झण्डै सय हाराहारीमा चलचित्र बन्ने, दर्जन हाराहारीमा अवार्ड वितरण हुने । हरेक अवार्ड विवादमा पर्ने त रोग नै भइसक्यो । 

टिप्पणीहरू