संसद सचिवालयको भवन नम्बर १ को दोस्रो तला माधव नेपाललाई

संसद सचिवालयको भवन नम्बर १ को दोस्रो तला माधव नेपाललाई

संसद सचिवालयले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ । सचिवालयले सिंहदरबारस्थित संसद सचिवालयको भवन नम्बर १ को दोस्रो तलामा नेकपा (एस)लाई दलको कार्यालय राख्न ठाउँ व्यवस्थापन गरेको हो ।

सचिवालयले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक पार्टीलाई संसदीय दलको कार्यालय उपलब्ध गराउने गरेको छ । संघीय संसदका ३१ सांसद रहेको नेकपा (एस) संसद्को चौथो ठूलो दल हो ।

नेकपा (एस) का सांसद जीवनराम श्रेष्ठले संसद सचिवालयले दलको कार्यालय उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले अब सोही ठाउँबाट दलको गतिविधि सन्चालन हुने पनि बताउनुभयो ।

यसअघि अस्ति बसेको सो पार्टीको संसदीय दलको बैठकले माधव नेपाललाई दलको नेता चयन गरेको थियो । श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोमा ‘माधव नेपाल संसदीय दलको नेता’ भन्ने नेमप्लेट राखिएको छ ।

टिप्पणीहरू