कोरोना त्रास उस्तै, थप २० जनाको ज्यान गयो

कोरोना त्रास उस्तै, थप २० जनाको ज्यान गयो

मुलुकमा कोरोना संक्रमण र मृत्युदर केही सातादेखि स्थीर देखिएको छ । आज कोरोना संक्रमणको कारण २० जनाले ज्यान गुमाएका छन् भने थप १ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय १७ जनामा पीसीआर तथा ३ हजार १ सय ५ जनामा एन्टिजेन गरी १२ हजार २ सय २२ जनामा परीक्षण गरिएको थियो ।

यसबीचमा १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार हाल मुलुकभर ३५ हजार ५ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू