​पाइलटमा पनि पेलपाल

नेपालको आकाश सुरक्षित छैन । यो सबैलाई जानकारी भएकै तथ्य हो । यहाँसम्म कि नेपाल अहिलेसम्म आइकाओ र युरोपियन युनियनको कालोसूचीमा छ । हवाई दुर्घटना बढेको बढ्यै छ । यस्तो बेला हवाई विभाग भने सिआईबीद्वारा नक्कली भन्दै छानबिनमा परेका र पक्राउ परिने डरले जागिर छाडी बसेका नक्कली पाइलटलाई पैसाको आडमा धमाधम लाइसेन्स दिइरहेको छ ।

यसमा हवाई विभागकै उच्चाधिकारीको मिलेमतो रहेको चर्चा छ । हालै मात्र प्रभु हेलिकोप्टरका प्रशिक्षक एवं सिआइबीको छानबिनमा रहेका पाइलटलाई ठूलै पैसाको खेलमा लाइसेन्स दिने तयारी थालिएको छ । यहाँसम्म कि उनले पेस गरेको प्रमाणपत्र नक्कली पाइएको र नेपालमा गर्नुपर्ने आवश्यक तालिम पनि नगरेको पाइएको थियो । उनले अस्ट्रेलियामा गरेको ट्रेनिङ पनि शंकाकै घेरामा छ । यसरी भेदभाव गरिँदा पहिला सिआइबीद्वारा पक्राउ गरिएका र जागिर छाड्न बाध्य भएका पाइलटहरू छक्क परेका छन् । यस्ता गलत कार्यले नेपाली आकाश अझै असुरक्षित बनेको छ ।

– समस्त पीडित पाइलट

टिप्पणीहरू