बाग्मतीका १२ र सुदूरपश्चिमका १३ जना एमाले सांसद नेकपा (एस) तिर

बाग्मतीका १२ र सुदूरपश्चिमका १३ जना एमाले सांसद नेकपा (एस) तिर

नेकपा एमालेबाट निर्वाचित बाग्मती प्रदेशका १२ जना सांसद नवगठित नेकपा एकीकृत समाजवादीमा लागेका छन् । आज प्रदेश निर्वाचन आयोगमा पुगी उनीहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सनाखत गर्नेमा प्रदेशका मन्त्री कृष्णप्रसाद खनालसहित रमा आले मगर,राजेन्द्र पाण्डे,मुनु सिग्देल,लक्ष्मण लम्साल,बसुन्धरा हुमागाईँ र बसन्त मानन्धर छन् । त्यस्तै,माधव पौडेल,पार्वती सिलवाल,कुसुम कार्की,इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि समाजवादीको पक्षमा सनाखत गराएका छन् ।

“सुदूर पश्चिममा दीर्घ सोडारी, बलबहादुर सोडारी,पूर्णा जोशी, लालबहादुर खड्का,मना साउद, तारा लामा तामाङ,अर्चना गहतराज,अमरबहादुर साउद, चुनकुमारी चौधरी,दुर्गा कामी, कुलवीर चौधरी,सुशीला बुढाथोकी र माया भट्ट एमाले छोडेर नेकपा (एस)मा खुलेका हुन् ।”

यता,सुदूरपश्चिम प्रदेशका १३ जना सांसदले पनि केपी ओलीको साथ छोडेका छन् । एमालेबाट प्रदेशसभामा निर्वाचित २५ मध्ये १३ जना सांसद नेकपा (एस) तिर लागेका हुन् । एमाले छोडेका प्रदेशका तीन मन्त्रीसहित १३ सांसदले आजै निर्वाचन आयोगमा पुगेर नेकपा (एस)को पक्षमा सनाखत गराएको बताइएको छ ।

प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी, बलबहादुर सोडारी,पूर्णा जोशी, लालबहादुर खड्का,मना साउद, तारा लामा तामाङ,अर्चना गहतराज,अमरबहादुर साउद, चुनकुमारी चौधरी,दुर्गा कामी, कुलवीर चौधरी,सुशीला बुढाथोकी र माया भट्ट एमाले छोडेर नेकपा (एस)मा खुलेका हुन् ।

“बाग्मतीमा सनाखत गर्नेमध्ये प्रदेशका मन्त्री कृष्णप्रसाद खनालसहित रमा आले मगर,राजेन्द्र पाण्डे,मुनु सिग्देल,लक्ष्मण लम्साल,बसुन्धरा हुमागाईँ र बसन्त मानन्धर छन् । त्यस्तै,माधव पौडेल,पार्वती सिलवाल,कुसुम कार्की,इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि समाजवादीको पक्षमा सनाखत गराएका छन् । “

१२ सांसदले नेकपा एस रोजेपछि भदौ २ गते मुख्यमन्त्री नियुक्त हुनुभएकी अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकार अल्पमतमा परेको छ । ११० सदस्यीय प्रदेश सभामा हाल १०९ जना सांसद कायम छन् । सरकार टिकाउन मुख्यमन्त्री शाक्यलाई ५६ सांसद आवश्यक हुन्छ। एमालेसँग सभामुखसहित ५६ सांसद रहेकोमा १२ जनाले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा पर्नुभएको हो ।

सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले दल रोजिसक्नुपर्ने व्यवस्था थियो । नयाँ दल रोजेका सांसदले निर्वाचन आयोगमा गई सनाखत गर्नुपर्ने अध्यादेशको व्यवस्थाअनुसार बाग्मती र सुदूरपश्चिमका सांसदहरुले आज सनाखत गराएका हुन् ।

टिप्पणीहरू