ड्युटीमा खटेका प्रहरीमाथि खुलेआम हातपात, प्रहरी निरीह

ड्युटीमा खटेका प्रहरीमाथि खुलेआम हातपात, प्रहरी निरीह

राजधानी काठमाडौंको मध्यसहरमा रातको समयमा ड्युटीमा खटिएका प्रहरीमाथि खुलेआम हातपात भएको छ । न्युरोडस्थित पिपुल्स प्लाजा अगाडि राति १० बजे ड्युटीमा खटिएका प्रहरीमाथि १० जनाको समूहमा आएका मानिसले हातपात गरेका हुन् ।

हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा ड्युटीमा २ जना प्रहरी रहेको देखिन्छन् । एक जना प्रहरीको गाडीभित्र बसेको र अर्का एक जना गाडी बाहिर उभिएको स्पष्टसँग देखिएको छ ।

एक्कासी आएको भीडले गाडीभित्र बसेका एक प्रहरीलाई मास्क फुकाल्न लगाए र झ्यामझ्याम हिर्काउन थालेको पनि भिडियोमा देखिन्छ । गाडी बाहिर उभिएका प्रहरीले भीडलाई पटकपटक हातपात गर्न रोकिरहेको दृश्य पनि देखिएको छ ।

अराजक समूहले प्रहरीमाथि हातपातसँगै अश्लिल शब्दले गाली समेत गरेको सुनिन्छ । त्यत्तिकैमा एक छिनपछि त्यहाँ थप प्रहरी आइपुग्छ । तर पनि उनीहरुले गरेको प्रहरीप्रतिको दुव्र्यवहार रोकिँदैन । थपिएका प्रहरी पनि रमिते र निरीह बनेका थिए ।

यो घटना भदौ ११ गते रातिको हो ।

टिप्पणीहरू