काठमाडौंको फोहोर सिसडोल पुर्याउन नागरिक अभियान शुरु

काठमाडौंको फोहोर सिसडोल पुर्याउन नागरिक अभियान शुरु

नागरिक अभियन्ताहरु आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्याउने अभियान शुरु गरेका छन् । नेपाल सरकार र काठमाडौं महानगरपालिकाले झण्डै एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाई अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साईटसम्म पु¥याउने अभियान शुरु गरेका हुन ।

काठमाडौंको रत्नपार्कबाट शुरु गरिएको अभियानमा उपत्यकाको विभिन्न स्थानमा सफाई अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाई अभियन्ता राज मानवले जानकारी दिनुभएको छ ।

उहाँले बर्खायाममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पु¥याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको स्पष्ट पार्नुभयो ।

सफाई अभियानमा बागमती सफाई अभियान, रुद्रमती सफाई अभियान, महाराजगञ्ज सफाई अभियानलगायतका संस्थाहरु सहभागी भएका छन् । अभियानमा सहभागी भएका अभियन्ताहरुले ‘म मेरो देश फोहोर गर्दिंन’ लेखिएका प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए ।

काठमाडौंमा पछिल्लो २५ दिनयता फोहोर उठ्न नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दबाब पर्दै आएको छ ।

टिप्पणीहरू