सुन्दर नगरी पोखरामा एसिड किन खुलेआम ?

सुन्दर नगरी पोखरामा एसिड किन खुलेआम ?

पोखरामा लेबलिङ नलगाएको १ हजार केजी एसिड एउटा जीपमा फेला परेको छ । त्यसैगरी एउटा औजार पसलमा पनि बेच्न राखिएको खुल्ला एसिड ३ सय ५० केजी फेला परेपछि सर्वत्र त्रास फैलिएको छ ।

पोखरा ४ गैह्रापाटनस्थित ग.३ च ११४३ नम्बरको जीपमा र मौरिया टोलस्थित अभिषेक औजार पसलमा सिलबन्दी र लेबलिङ नलगाएको एसिड फेला परेपछि प्रहरीले तीन जनालाई पक्रेको छ ।

पक्राउ पर्नेहरुमा जीप चालक चितवन भरतपुर महानगरपालिका ४, बेलचोक बस्ने बारा जीतपुर सिमरा उपमहानगरपालिका १५, स्थायी घर भएका १९ वर्षीय मिनबहादुर भारती हुन् । त्यसैगरी सोही जीपमा सवार चितवन भरतपुर महानगरपालिका २,बस्ने मोरङ विराटनगर महानगरपालिका २, घर भएका २९ वर्षीय केशव सिंह र अभिषेक औजार पसलका सञ्चालक पोखरा महानगरपालिका २, मौरिया टोल बस्ने बाग्लुङ नगरपालिका ७, ढिकीचौर घर भएका ६३ वर्षीय बलबहादुर बिक रहेका छन् ।

कास्कीमा बिना इजाजत एसिडको ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले निगरानी तथा अनुगमन कार्यलाई बढाउँदा उक्त परिमाणको खुल्ला एसिड बरामद भएको हो । पक्राउ परेका सबैविरुध्द तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश,२०७७ बमोजिम मुद्दा दायर गरिएको बताइएको छ ।

लागुऔषध ओइरेको ओइर्यै,खाने कति होलान् ?

पछिल्लो समय लागुऔषधको ओसारपसार ह्वात्तै बढेको छ । विशेषगरी तराईका जिल्लाबाट ओसार्ने क्रमले राजधानी काठमाडौं र ठूला शहरमा यसको खपत बढेको पुष्टि हुन्छ । सोही क्रममा सप्तरीबाट आएका एक जना आज थानकोट नागढुंगामा लागुपदार्थसहित समातिएका छन् ।

सप्तरी राजगढ गाउँपालिका २ घर भएका २७ वर्षीय रितेशकुमार सिंहलाई चेक जाँच गर्ने क्रमा प्रहरीले नाईट्राभेट ९० ट्याब्लेट र स्पासमो १ सय ४० ट्याब्लेटसहित पक्राउ गरेको हो ।

राजबिराजबाट काठमाडौं आउँदै गरेको को.०३–०३–००१ ख ००४२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार सिंह लागूऔषध सहित फेला परेका हुन् ।

टिप्पणीहरू