कलम इन्जिनियरका

उनीहरूको पेसा र पढाइ एउटै हो । र, एउटै हो उमेर समूह पनि । भोगाइ एउटै हो तर सोही भोगाइका समानता÷भिन्नताहरूको लेखाइ भने फरक छ । कोही वस्तुवादी, कोही आलोचक, कोही क्रान्तिकारी अनि कोही दार्शनिक । अर्थात् यी ११ युवा । पढाइ र पेसा दुबै कुराले रातदिन औजार र प्रविधिसँग खेल्नुपर्ने उनीहरू सँगसँगै खेलाउँछन् कलम र आगो ओकल्छन् सिर्जनामार्फत ।

कृष्ण कुसुम, माधव बराल, रूपक रावल, सुदर्शन शर्मा, विनोद भण्डारी, सतिश त्रिपाठी, जितेन्द्र मल्ललगायत यी ११ युवाले कोही दार्शनिक, कोही क्रान्तिकारी, कोही आलोचक त कोही बस्तुवादी सर्जकका रूपमा उभिएका छन् ‘अञ्जुलीमा अभियन्ता–२’ मा । इन्जिनियरिङ साहित्य समाज इन्सासले प्रकाशन गरेको उक्त कृतिमा ११ इन्जिनियरको एक सय एक गजल संगृहीत छ । गजलकार कतै प्रेम बोल्छन्, कतै देशभक्ति, कतै राजनीतिप्रतिको विकृतिलाई झटारो हान्छन् त कतै आफ्नो र देशको विगतको कहालीलाग्दो दिन सम्झन्छन् । अमर प्रेम र आशावादी चेत बोक्ने गजल कृष्ण कुसुम हाल अमेरिकामा पुगेका छन् ।

उनी कृतिमा यसरी पोखिन्छन् 
सम्झनाको खील गड्छ रात बढ्न थालेपछि
कुन्नि के को नशा चढ्छ रात बढ्न थालेपछि 

त्यस्तै अर्काे इन्जिनियर स्रष्टा सुदर्शन शर्मा राजनीतिप्रति व्यंग्य हान्दै लेख्छन् 
यहाँ देश रित्याइन्छ कोट लगाएर 
सबै उम्के अर्कैलाई खोट लगाएर 

टिप्पणीहरू