१४ बर्षीया बालिकामाथि ४० वर्षे अधवैंशेको व्यभिचार

१४ बर्षीया बालिकामाथि ४० वर्षे अधवैंशेको व्यभिचार

उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १२ सोनापुर बस्ने ४० वर्षीय आनन्द चौधरीलाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू