अब छिट्टै फोहोर उठ्छ : प्रधानमन्त्री,गाह्रो छ : राजधानीका मेयर

अब छिट्टै फोहोर उठ्छ : प्रधानमन्त्री,गाह्रो छ : राजधानीका मेयर

उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था उत्पन्न भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीले त्यसक्रममा सडक विभागलाई ल्याण्डफिल साइटसम्म पुग्ने सडक तत्काल मर्मत गर्न निर्देशन दिनुभएकाले अबको केही दिनभित्र फोहोर व्यवस्थापन गर्न सकिने आशा पलाएको शाक्यले बताउनुभएको छ । प्रधानमन्त्रीलाई भेट्न आज मेयर शाक्य,उपमेयर हरिप्रभा खड्गीलगायतका जनप्रतिनिधि बालुवाटार पुग्नुभएको थियो ।

मेयर शाक्यले तत्काल सिसडोल जाने सडक निर्माण गर्न या अन्यथा वैकल्पिक माध्यम खोज्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ । उहाँले बञ्चरे डाँडोमा जतिसक्दो छिटो ल्याण्डफिल साइट निर्माण गरिदिन र सिसडोलदेखि बञ्चरे डाँडासम्म जाने बाटो निर्माणको लागि आग्रह गर्नुभएको हो ।

काठमाडौंमा हरेक वर्षको वर्षातमा ल्याण्डफिल साइटको समस्या देखापर्दै आएको छ । अहिले सिसडोलमा फोहोर फाल्न सकिने अवस्थासमेत नभएको र बञ्चरे डाँडासम्म पुग्ने सडक नबनेकाले तत्काल फोहोर उठ्ने सम्भावना नरहेको बताइन्छ ।

टिप्पणीहरू