आज पनि कोरोनाको कारण १६ जनाको ज्यान गयो

आज पनि कोरोनाको कारण १६ जनाको ज्यान गयो

आज पनि मुलुकभर कोरोना संक्रमणको कारण १६ जनाको ज्यान गएको छ । गत २४ घण्टामा मुलुकभर २ हजार २ य ९५ जनामा कोरोना संक्रमण समेत भेटिएको छ ।

संक्रमितको संख्या बढिरहेको समयमा आज १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएका छन् । आज पनि मुलुकभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ९२ जनामा पीसीआर तथा ४ हजार ३ सय ४१ जनामा एन्टिजेन गरी १६ हजार २ सय ३३ जनामा परीक्षण गरिएको थियो ।

टिप्पणीहरू