एमसीसीविरुध्द एपीवान टेलिभिजनको गेटैमा धर्ना

एमसीसीविरुध्द एपीवान टेलिभिजनको गेटैमा धर्ना

उन्नत लोकतन्त्र पार्टीले एमसीसीसम्बन्धी विज्ञापनमा रोक लगाउन माग गरेको छ । एपी वान टेलिभिजनलाई विज्ञापन प्रशारण नगर्न निर्देशन दिँदै उसले संसदबाट पारित भइनसकेको अमेरिकी सैन्य रणनीतिअन्तर्गतको एमसीसीबारे गरिएको प्रचार रोक्न भनेको हो ।

अध्यक्ष स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी परियोजना नेपालीका लागि शेयर कारोबारभन्दा फलदायी हो भन्ने भ्रामक देशघाती विज्ञापन एपी वान टेलिभिजनले प्रचार गर्न थालेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’देशव्यापी रुपमा एमसीसीका संरचना ध्वस्त बनाउन प्रतिकार समिति गठन गरी क्रियाशील रहेको अवस्थामा एमसीसीलाई सहयोग गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई जनताले भौतिक व्यवधान खडा गरेको उक्त पार्टीले दाबी गरेको छ । उसले एपी वानतर्फ लक्षित गर्दै भनेको छ, ‘राष्ट्रिय स्वाधिनता बचाउने प्रतिकारात्मक आन्दोलनका क्रममा हुन सक्ने क्षतिप्रति सचेत रहँदै उक्त विज्ञापन तत्काल रोक्न गम्भीर रुपमा सचेत गराउँछौं ।’

पार्टीले नाफा कमाउने उद्देश्यले देशघाती विज्ञापन बजाउने सञ्चार माध्यमलाई आमा बेचेर पैसा असुल्ने कपुतको संज्ञा दिएको छ । विज्ञप्तिमा ‘यस्ता देशघाती विज्ञापन बजाउन तत्काल नरोके त्यस्ता सञ्चारमाध्यमलाई बहिष्कार गरिने’ चेतावनी समेत दिइएको छ ।

अहिले सवा ४ बजेदेखि थापाथली,प्रसुती गृहपछाडिस्थित AP1 टेलिभिजनको गेटअगाडि MCC खारेज गरौं अभियानको आयोजनामा MCC सम्बन्धी AP1ले बजाउँदै आएको बिज्ञापन तुरुन्त रोक लगाउन भन्दै संयोजक निर्ग जैशी नवीनलगायत १५/२० जना धर्ना बसेका छन् ।

टिप्पणीहरू