धादिङमा ट्रक दुर्घटना,घाइतेलाई हेलिकोप्टरबाट ल्याउने तयारी

धादिङमा ट्रक दुर्घटना,घाइतेलाई हेलिकोप्टरबाट ल्याउने तयारी

ज्वालामुखी ५,खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनाग्रस्त भएको छ । उक्त मिनी ट्रक नीलकण्ठ गाविस ८, बगैंचामा दुर्घटना हुँदा ट्रकमा रहेका २५ जना घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी,स्थानीय र स्वयम् सेवकले उध्दार गरेर गम्भीर घाइतेलाई उपचारको निम्ति हेलिकोप्टर र एम्बुलेन्सबाट पठाउने तयारी गरिएको बताइएको छ । १८ जना सामान्य घाइते रहेको र सात जना सख्त घाइते रहेको उध्दारमा संलग्नहरुले जानकारी दिएका छन् ।

दुर्घटनामा ७ वर्षका दुई बालकदेखि ७० वर्षका बृद्धसमेत परेका छन् । महिला र पुरुष सरोबरी छन् ।

https://www.facebook.com/100003255571972/videos/pcb.4254994981285646/223320332950333

टिप्पणीहरू