फोहोर फाल्ने ठाउँमा बिरोध, उपत्यकामा बिजोग

फोहोर फाल्ने ठाउँमा बिरोध, उपत्यकामा बिजोग

दुई वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फाल्न नरोकिएपछि स्थानीयले फोहोर बिर्सजन गर्न नदिने भनी बिरोध जनाएका छन् । सिसडोल,ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर पुनः नउठ्ने अवस्था सिर्जना भएको छ ।

स्थानीयले सरकारले फोहोर व्यवस्थापनको नाममा लापरबाही गरेको दाबी गरेका छन् । मानववस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापन हुन नसकेपछि आफूहरूले बिरोध गर्नुपरेको स्थानीय बताउँछन् । दुई वर्षलाई भनेर १४ वर्षसम्म फोहोर व्यवस्थापन नगरेपछि अहिले समस्या थपिएको स्थानीय परशुराम अर्यालले बताए ।

फोहोर फालिएको स्थानको दुषित पानी रसाएर नजिकैको खोलामा गएको र त्यही पानी गाईवस्तुलाई खुवाउँदा विभिन्न रोग उत्पन्न भएको अर्यालको दाबी छ ।

सिसडोलमा फोहोर फाल्न अब गाह्रो हुँदै गएको काठमाडौं महानगरपालिकाले समेत बताएको छ । सम्बन्धित सबै निकायले यथासक्य छिटो नजिकैको बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

टिप्पणीहरू