बादल र लेखराज एमालेको जिम्मेवारीबाट बाहिरिए

बादल र लेखराज एमालेको जिम्मेवारीबाट बाहिरिए

माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताहरुको जिम्मेवारी झिकिएको छ । एमालेले आफ्ना सबै सांगठानिक संरचनालाई माओवादीसँग एकता हुनुपूर्व अर्थात् २०७५ जेठ २ मा फर्काउने निर्णय गरेसँगै बादलहरु जिम्मेवारीविहिन भएका हुन् ।

एमालेको हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीले सबै तहका कमिटी र जनसंगठनहरुलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी दिन एमालेले आज अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेसँगै एमालेमा पूर्वमाओवादी समूह जिम्मेवारीविहीन बनेको हो ।

जारी अपानिमा नेताहरुको जिम्मेवारी २०७५ जेठ २ कै पार्टी संरचनाअनुसार तोकिएको छ । त्यतिबेला प्रदेश ईञ्चार्ज रहेकाहरुलाई सोही भूमिका यथावत राखेर १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजिकरण गर्ने जिम्मेवारी दिइएको छ ।

जसअनुसार प्रदेश १ को ईञ्चार्ज भीम आचार्य,२ मा सत्यनारायण मण्डल,बाग्मतीमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारीमा फर्किएका छन् ।

यसअघि पूर्वमाओवादीका बादल, मणि थापा र लेखराज भट्टलाई क्रमश:बाग्मती, कर्णाली र सुदूरपश्चिमको ईञ्चार्ज बनाइएको थियो ।

टिप्पणीहरू