​सिंहदरबारका बाँदर

पशुपति विकास कोषलाई पशुपतिका बाँदरबाट के समस्या छ भनी सोधनी भएको रहेछ । कोषले जवाफ फर्काएको छ, पशुपतिका बाँदरबाट कुनै समस्या छैन । पशुपतिका बाँदर भनेपछि मुलुकभरि बदनाम छ । तर, पशुपति विकास कोषले भनेको छ, त्यो कुनै समस्या होइन । 

त्यसो त पशुपति विकास कोषले भने पनि बाँदरले समस्या नगर्ने भन्ने होइन । बाँदरले समस्या निकालिरहन्छ । बाँदरको कामै समस्या निकाल्ने हो । नभएको समस्या निकाल्ने । भएको कुरा बिगार्ने । बाँदर जातिको विशेषता नै यही हो । तर, अहिले देशमा यस्तो समस्या निकाल्ने काम पशुपतिका बाँदरले खासै गरेको पाइँदैन । सबैभन्दा ठूलो समस्या त पशुपतिका बाँदरले होइन, सिंहदरबारका बाँदरले निकालिरहेका छन् । सिंहदरबारका बाँदर अगाडि पशुपतिका बाँदर त केही होइन । 

पशुपतिका बाँदरले हैरान गर्ने त उही पशुपति आउने भक्तजनलाई मात्रै हो । सिंहदरवारका बाँदरले पूरा देशैलाई हैरान पारिरहेको छ । बाँदरको काम आफूले पनि केही नबनाउने र अरूलाई पनि बनाउन नदिने हो । त्यही काम अहिले सिंहदरवारका बाँदरहरू गरिरहेका छन् । न आफू केही गर्छन्, न अरूलाई गर्न दिन्छन् । के सिंदरवारका बाँदर जातिले बिगारिरहेको कामबारे कहिलेकाहीँ सोधनी भएको छ ? 

टिप्पणीहरू