​चुनाव बिथोल्ने कार्यक्रम

आफ्नो माग पूरा नगरे चुनाव बिथोल्ने घोषणा राष्ट्रिय जनता दलले गरेको छ । साथसाथै चुनाव बिथोल्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । चुनाव बिथोल्ने गरी तयार गरेको राजपाको कडा कार्यक्रमचाहिँ यस्तो रहेछ ः मसाल जुलुस निकाल्ने, कालो झन्डा देखाउने, प्रचार ¥याली निकाल्ने, गाउँ–गाउँमा पदयात्रा गर्ने, कोणसभा गर्ने, पर्चा निकाल्ने, पोस्टर टाँस्ने । आदि आदि कडा कार्यक्रम । 

सुनिन्छ, चुनावै बिथोल्ने गरी राजपाले ल्याएको यो कार्यक्रम देखेर चुनाव बहिष्कारवादी अर्का नेता नेत्रविक्रम चन्द चकित हुनुभएको छ रे !

टिप्पणीहरू