झलनाथ खनाल आज अपरान्ह फर्किंदै

झलनाथ खनाल आज अपरान्ह फर्किंदै

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल आज दिउँसो स्वदेश फर्किंदै हुनुहुन्छ ।

स्वास्थ्य उपचारको निम्ति नयाँ दिल्ली जानुभएका खनाल दिउँसो पौने ४ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं आउन लाग्नुभएको हो ।

वरिष्ठ नेता खनालको नयाँ दिल्लीस्थित अपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको हो । उपचारको लागि उहाँ गत असार २ गते नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको थियो ।

टिप्पणीहरू