थानकोट नाका दिनभर बन्द हुने

थानकोट नाका दिनभर बन्द हुने

आज बिहान ६ बजेतिर थानकोट चिसापानी धारा नजिकै गएको पहिरोले अवरुध्द राजमार्गलाई पन्छाउने काम शुरु भए पनि यातायात सुचारु हुन अझै केही घण्टा लाग्ने भएको छ । ट्राफिक प्रहरीका अनुसार अबरुध्द सडक खुलाउन बिहानैदेखि काम शुरु भए पनि दिनभरि लाग्ने छ ।

सडक विभाग र सिस्नेखोला सुरूङमार्ग निर्माणमा संलग्न जनशक्ति र डोजरले पहिरो पन्छाउने काम भइरहेको छ । बिहानैदेखि अवरुध्द सडकका कारण काठमाडौ भित्रिने सवारीसाधनको लाइन धादिङको नौबिसेसम्म पुगेको छ । काठमाडौं बाहिरिन खोजेका सवारी साधनको लाइन गुर्जुधारासम्म देखिन्छ ।

हिजो बिहान पनि सोही स्थान नजिकै गएको पहिरोले झण्डै ८ घण्टा काठमाडौं भित्रिने र बाहिरिने सवारी अवरुद्ध भएको थियो ।

टिप्पणीहरू