​रमणले चलाएको अर्को रमिता

दादागिरी पनि कस्तो ! विवादस्पद छविका व्यक्ति तथा फर्मका मुद्दा हेर्दै आएका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले लागुऔषध कारोबारी मधुसूदन अग्रवालहरूको मुद्दा हेरे । मधुसूदन अग्रवाललगायतलाई उन्मुक्ति दिन पटक–पटक दबाब दिए पनि सो कुरा डा. टेकबहादुर घिमिरेले स्विकारेनन् ।

न्यायको पक्षमा उभिएकै सजायस्वरूप तत्कालीन प्रधानमन्त्री प्रचण्डदेखि गृहमन्त्री विमलेन्द्र निधिसम्मलाई प्रभावमा पारी निलम्वन गराएका थिए । रमणविरुद्ध सर्वाेच्चमा मुद्दा हालेको थिए । सो को प्रतिशोध साँध्दै विवादास्पद महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सहन्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेको सरुवा गरे । घिमिरेलाई अस्ति जेठ १९ गते दिपायल सरुवा गरेका छन् । 

 उनैविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ । विशेष सरकारी वकिल कार्यालय काठमाडौं दरबन्दी भएका डा. घिमिरे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको प्रमुख रहेको अवस्थामा महान्यायाधिवक्ता श्रेष्ठले विनाकारण सरुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा तानेर जिम्मेवारीविहीन बनाएका थिए । एकातिर निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा रोलक्रमअनुसार पाँचांै वरिष्ठ सहन्यायाधिवक्ताका रूपमा डोटीमा सरुवा गरिएको हो । जबकि दिपायल अदालतमा त्यति धेरै मुद्दा–मामिला नै हुँदैन ।

नियमानुसार सहन्यायाधिवक्ताको सरुवा गरिँदा पोखरा, विराटनगर, जनकपुर, पाटन उच्च सरकारी वकिल कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायमा सरुवा गरिने प्रचलन छ । तर, श्रेष्ठले बदनियत राखी प्रतिशोधपूर्वक डा. घिमिरेलाई दिपायल काजमा सरुवा गरेको चर्चा अहिले न्यायालयभित्र व्याप्त छ । 

टिप्पणीहरू