माधव नेपालले भन्नुभयो, ‘हामी एक्लै अघि बढ्छौँ’

माधव नेपालले भन्नुभयो, ‘हामी एक्लै अघि बढ्छौँ’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने प्रष्ट पार्नुभएको छ । आज बानेश्वरमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले अन्य पार्टीसँग एकता गर्न लागेको भन्ने कुरा अनावश्यक हल्ला मात्र भएको पनि बताउनुभयो ।

एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले माधव नेपाल माओवादीसँग मिल्न लागेको दाबी गरिरहेका बेला अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई नै बलियो पार्टी बनाउने बताउनुभयो । एमालेमा अन्तरसंघर्ष हुँदादेखि नै देशव्यापी संगठन बनाइसकेकाले त्यसलाई थप विस्तार गर्दै पार्टीलाई मजबुत बनाउन उहाँले सांसदहरुलाई निर्देशन पनि दिनुभयो ।

‘हाम्रो यस अगाडिदेखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुत बनाउनुपर्नेछ । पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन तपाईंहरु लाग्नुहोस् ।’

बैठकले दलको नेतामा नेपाललाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, राष्ट्रियसभा संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चुनिनु भएको छ ।

टिप्पणीहरू