दिनभर बिदा मनाउने ७ जना साँझ खोरमा

दिनभर बिदा मनाउने ७ जना साँझ खोरमा

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९,भगवती चोकबाट हिजो १४ जनालाई प्रहरीले पक्रेको छ । उनीहरुले बिदा मनाउने भन्दै प्रायः शनिबार र सार्वजनिक बिदाको दिन जुवा खेल्ने गरेको सूचना पाएपछि प्रहरीले पक्रेको हो ।

उक्त चोकमा डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई समातेको बताइन्छ । लामालगायत सात जना पक्राउ परेका हुन् ।

लामाको कोठामा छापा मारेपछि प्रहरीले उनीहरुको साथबाट नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास बरामद गरेको छ । हिजो साँझदेखि आवश्यक अनुसन्धानको लागि भन्दै उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।

उता नवलपरासीको मध्यविन्दु नगरपालिका १३,मैनाघाट बस्ने बलबहादुर सारुको घरबाट पनि प्रहरीले तास खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बलबहादुरसहित स्थानीय ३८ वर्षीय डोलबहादुर सारु र अन्य पाँच जनालाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेको अवस्थामा छापा मार्दा प्रहरीले उनीहरुको साथबाट नगद ५९ हजार ८ सय ९० रुपैयाँ र ३ बुक तास पनि बरामद गरेको छ ।

टिप्पणीहरू