सीटमुनि बिच्छ्याएर भारतबाट लाखौं नेपाली रुपैयाँ ओसारियो

सीटमुनि बिच्छ्याएर भारतबाट लाखौं नेपाली रुपैयाँ ओसारियो

मोटरसाइकलको सीटमुनि राखेर स्रोत नखुलेको लाखौं नेपाली रुपैयाँ भारतबाट नेपाल ल्याउने क्रममा एक जना भारतीय नागरिक र अर्का एक नेपाली पक्राउ परेका छन् । उनीहरुले स्रोत नखुलेको १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ मोटरसाइकलमा हालेर वीरगञ्ज ल्याउँदै गरेका थिए ।

पक्राउ पर्नेमा भारत बिहारको पश्चिम चम्पारण इनरवा बजार बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्सा धोबिनी गाउँपालिका २, गुलरिया टोलका ५० वर्षीय रामपुकार पटेल हुन् ।

उनीहरुले नम्बर प्लेट नभएको मोटरसाइकलमा राखेर उक्त रकम ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको टोलीले पक्रेको हो

टिप्पणीहरू