​सिर्जनासँग लुकीलुकी संवाद ?

हुन त, विश्वास गरेकैले घात गर्ने न हुन् ! प्रचण्डपुत्र नजानिकन यस्तो विश्वासघातमा परेका छन् कि, सायद उनलाई सोच्ने फुर्सद नहोला ।
प्रचण्ड प्रधानमन्त्री छँदा सचिवालयमा राखिएका मनहरि तिम्सिना (समर) पत्नीसँग लफडा परेर विरक्तिँदै सिंहदरबारबाट निस्किएका थिए । मिलाउन सकिन्छ कि भनेर पोखरा पुगे, तर निर्मला न्यौपानेसँग उनको सम्बन्धबिच्छेद नै भयो ।

उनैले अहिले प्रकाशको कमजोरी सुनाउँदै कतैबाट स्याबासी खाइरहेका छन् । ‘मलाई केही चाहिँदैन, म बर्बादै भएँ’ भन्दै सचिवालय छाडेर हिँड्दा पनि प्रकाशले मनहरिलाई फकाइफुल्याई फर्काए । तर, केही समययता मनहरि प्रकाशसँग पनि ठिक्क, पत्नी सिर्जना त्रिपाठीसँग पनि ठीक्क छन् । अहिले प्रकाश र सिर्जना सँगै बस्दैनन् । तर, मनहरिले सिर्जनालाई उकास्दै फोन गर्न थालेका हुन् । ‘तपाईं कति पीडामा हुनुहुन्छ भन्ने कुरा अनुमान गर्न सकिन्छ । म यहाँ आइसकेपछि मैले बुझेँ’ भन्दै केही दिनअघि उनले सिर्जनालाई फोन गरेका थिए । आजकल सिर्जना पोखरामा छैनन् ।

भक्तपुरको ठिमीमा डेरा लिएर बसेकी छन् । छोरालाई काठमाडौं, थापागाउँस्थित चेल्सी एकेडेमीमा कक्षा १ मा भर्ना गरेकी छन् । तर, उनको काठमाडौं बसाइ, छोराको पढाइमा प्रकाश वा प्रचण्ड परिवारको कुनै योगदान छैन । यो कुरा सुनेपछि सान्त्वना दिनका लागि उनले फोन गर्दै यही मौकामा प्रचण्ड परिवारबाट केही लिइहाल्न सुझाव दिने गरेका छन् । प्रचण्ड सधैं यस्तो शक्तिमा नरहने र अहिले भएको बेलामा लियो भने उपलब्धिमूलक सहयोग हुने उनले फोनमा बताएका छन् । यसबारे जनआस्थाले हिजो सिर्जनलाई सोध्यो । भनिन्, ‘किन र ? तपाईंलाई पनि केही भन्नुभा’थ्यो र ?’

टिप्पणीहरू