ओली भन्नुहुन्छ,हामीसँग सिंगल सिंगल भिड्न सक्ने कोही छैन

ओली भन्नुहुन्छ,हामीसँग सिंगल सिंगल भिड्न सक्ने कोही छैन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग कुनै पनि पार्टीले प्रतिश्पर्धा गर्नै नसक्ने दाबी गर्नुभएको छ । आज महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

अन्य राजनीतिक दलप्रति चर्को आक्रोश पोख्नुभएका ओलीले एमालेसँग सिंगलसिंगल प्रतिष्पर्धा गर्न नसकेर विपक्षीले मोर्चाबन्दी गरेको पनि बताउनुभयो । ‘एक/एक दर्जनको १० वटा पार्टी मिल्दा १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ ओलीले भन्नुभयो ।

ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बारम्बार दोहोर्याउनु भयो । माधव नेपालसहितका केही मान्छेले पार्टी छोडेकोमा चिन्ता नमान्न नेता-कार्यकर्तालाई आग्रह गर्दै ओलीले भन्नुभयो, ‘एक/दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मान्नुपर्दैन । अर्को टुसा आउँछ ।’

ओलीले माधव नेपाल प्रतिक्रियावादी कित्तामा पुगेकाले उनको बहिर्गमनले एमालेलाई घाटा नलाग्ने जिकिर गर्नुभयो ।

टिप्पणीहरू