आज पनि १८ सय संक्रमित, २७ को निधन

आज पनि १८ सय संक्रमित, २७ को निधन

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ८ सय ५७ जना कोरोना संक्रमण पुष्टी भएको छ । त्यसैगरी २७ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ९ हजार ४ सय ९ जनामा पीसीआर तथा ३ हजार ७ सय ६७ जनामा एन्टिजेन गरी १३ हजार १ सय ७६ जनामा परीक्षण गरिएको हो ।

सो अवधिमा २ हजार २ सय २२ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर आज ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू