​भन्सारमा झमकको भारी

विजोग छ, भूपेन्द्र खड्काहरूको । बुकहिल प्रकाशनगृह खोलेर पुस्तक छाप्ने धन्दा गर्दै आएका उनी अहिले गोजीबाट एक लाख रुपैयाँ निकाल्न नसक्दा रुवावासी छ । भूपेन्द्रहरूको यसरी रुवावासी बनाइदिने कारण हो झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’।

मदन पुरस्कार प्राप्त यो पुस्तक अगाडि डा. गोविन्द भट्टराई सञ्चालक र हरि गौतम हर्ताकर्ता रहेको ओरियन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । सोही पुस्तकको अर्काे संस्करण ल्याउन चाह्यो बुकहिलले । सोहीबमोजिम लेखक झमक घिमिरेलाई वर्षमा दुई लाख रोयल्टी दिने भद्र सहमति भयो । र, पुस्तक छाप्ने अनुमति पाएपछि बुकहिलले जीवन काँडा कि फूलको रि प्रिन्ट गर्ने भयो । उसले प्रिन्टका लागि भारतमा पठायो पनि । जसै पुस्तक छापियो र भारतबाट नेपाल आउने क्रममा साता दिनदेखि यो पुस्तक अहिले वीरगन्ज भन्सारमा थन्किरहेको छ ।

कारण रहेछ, झन्डै त्यहाँ एक लाख रुपैयाँ तिर्नुपर्नेछ तर सोही रकम जुटाउन नसक्दा जीवन काँडा कि फूल भन्सार कार्यालयमा अलपत्र परिरहेको छ । यससँगै अर्काे मदन पुरस्कारवाला कृति रामलाल जोशीको ऐनासमेत वीरगन्ज भन्सार कार्यालयमा अलपत्र परेको खबर छ ।  

टिप्पणीहरू