श्रीमतीलाई खुकुरी हानेर पति झुण्डिए

श्रीमतीलाई खुकुरी हानेर पति झुण्डिए

आफ्नै श्रीमतीको हत्यापछि आफू पनि पासो लगाएर एक जनाले आत्महत्या गरेका छन् ।

श्रीमतीको हत्यापछि पासो लाग्ने भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्धिमान राई हुन् । आज बिहानै २८ बर्षीया श्रीमती ईन्द्रकला राईलाई खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका उनलाई घरबाट अन्दाजी ४० मीटर टाढा दूधिलोको रुखमा कपडाको पासो बनाई झुण्डिएको अवस्थामा फेला पारिएको छ ।

प्रहरीका अनुसार गाउँलेहरुलाई घटनाबारे खबर उनीहरुकै ८ वर्षीय छोराले गरेका थिए । उनले गाउँलेलाई आफ्नै बुबाले आमालाई खुकुरी प्रहार गरेको बताएका थिए ।

खबर पाएलगत्तै घटनास्थल पुग्दा ईन्द्रकला राईको मृत्यु भइसकेको थियो । त्यसपछि गाउँलेले हत्यारा श्रीमानको खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेपश्चात प्रहरीलाई जानकारी गराएका हुन् ।

घटनाबारे थप अनुसन्धान गर्नको लागि ईलाका प्रहरी कार्यालय साङपाङ र तिवारीभंज्याङबाट प्रहरी टोली खटिएको छ ।

टिप्पणीहरू