​पत्नी उडाउने कर्णेलको जय « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

​पत्नी उडाउने कर्णेलको जय

प्रकाशित मिति :  १९ जेष्ठ २०७४, शुक्रबार १८:२०


प्रधानसेनापति राजेन्द्र क्षत्रीले नौदिने अमेरिका भ्रमण सकेर फर्केलगत्तै मध्यपृतना बुझ्न उपरथी प्रभुराम शर्मालाई हेटौंडा पठाएका थिए । उपरथी रमेश पुन जेठ १५ देखि अवकाश लिइसकेकाले उनको ठाउँ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले थपेको दुईसहित खाली तीन उपरथीमा सहायकरथी कर्मेन्द्र लिम्बू र शिवराम खरेलको बढुवा फाइल उठाइएको छ ।

चण्ड नेतृत्व सरकारले जाँदाजाँदै लामो समयदेखि रोकिएको महासेनानी सुरेश कार्की र नरेश सुब्बाको बढुवा फाइल सदर गरेको छ । स्मरण रहोस्, महासेनानी कार्की तिनै व्यक्ति हुन्, जसले जब्बर जंग गण झापाको गणपति हुँदा चन्द्रगढी घर भई वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक अभागीकी श्रीमती, बालबच्चा, धनसम्पत्ति र जग्गा–जमिन कुम्ल्याएर काठमाडौं ल्याई अहिलेसम्म आफूसँगै राखेका छन् । 
सर्वस्व गुमाउने अभागीले यस्तो खबर सुन्नेबित्तिकै आत्महत्या गरेका थिए ।

–जंगी अड्डाका जानकारहरु


प्रतिक्रिया दिनुहोस !