राजापुरका युवाको खल्तीमा ब्राउन सुगर

राजापुरका युवाको खल्तीमा ब्राउन सुगर

बर्दियाको राजापुरमा एक जना युवा ब्राउन सुगर बोकेर हिँडेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । १ सय २० मिलिग्राम ब्राउन सुगर बोकेर हिँडेका राजापुर नगरपालिका १ झगई बस्ने २३ वर्षीय विवेक चौधरी पक्राउ परेका हुन् ।

घर नजिकैको बाटोमा शंकास्पद ढंगले हिँडिरहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

टिप्पणीहरू