​कैदीका लागि यौन

बेलायतको जेलमा रहेका कैदीले या त पत्नीसँग रात बिताउन दिन, नभए सेक्स पुतली उपलब्ध गराउन प्रशासनसित माग गरेका छन् । पत्नी नभएका पुरुषले यौनसन्तुष्टि लिन सेक्स पुतली प्रयोग गर्ने गरेको टेलिभिजनमा देखेपछि उनीहरूले सेक्स पुतली माग्न थालेका हुन् । यस्तो माग गर्नेको नेतृत्व नटिंघमशायरस्थित जेलमा कैद भुक्तान गरिरहेका ४८ वर्षीय ज्याक स्वारेजले गरेका छन् । लागुपदार्थ बेचविखनमा १७ वर्ष जेल परेका कैदी हुन् । उनले यौन पुतलीमार्फत यौनसन्तुष्टि प्राप्त गर्ने हक कैदीहरूले पाउनुपर्ने बताए ।

टिप्पणीहरू