युएनको प्रशनपत्र चोरी काण्डवारे के रहेछ खास कुरो ?

युएनको प्रशनपत्र चोरी काण्डवारे के रहेछ खास कुरो ?

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसंघीय मिसनका लागि हालै लिइएको पूर्वपरीक्षामा अनियमितता भएकाले आगामी दिनमा थप मर्यादित बनाउन वरिष्ठ प्रहरी अधिकृतहरुलाई विशेष निर्देशन दिनुभएको छ ।

उक्त मिसनका लागि प्रि एसिसमेण्ट फर मिसन सर्भिससम्बन्धी परीक्षामा खटिने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आज निर्देशन दिँदै थापाले आगामी दिनमा फेरि यस्तै गल्ती र कमजोरी भएमा नसहने भन्नुभएको बताइएको छ ।

परीक्षा सञ्चालनमा खटिने प्रहरी अधिकृतहरुले गोपनीयता नराखेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘तोकिएको मापदण्डको पूर्णपालना गरी आवश्यक पूर्वतयारी गरियोस् । नियतबश गरिने लापरबाही क्षम्य हुँदैन ।’

टिप्पणीहरू