​महिलालाई मोबाइल मनाही

भारतको उत्तर प्रदेशको मडोरा नगरमा ज्येष्ठ नागरिकले महिलाले घरबाहिर जाँदा मोबाइल बोक्न नपाउने अनौठो नियम जारी गरेका छन् । मोबाइलमार्फत अविवाहित युवतीले पुरुषसित सम्पर्क गरी शारीरिक सम्बन्ध जोड्ने गरेको, हिंसामा वृद्धि भएको भन्दै सो नियम लागू गरेका हुन् । नियम तोड्ने जो कसैले पहिलोपटक भारु ३२५ जरिवाना तिर्नुपर्ने र दोस्रोपटक नियम तोड्नेले कुटाइ खानुपर्ने उनीहरूको भनाइ छ । नियममा युवतीले जिन्स पाइन्ट लगाउन नपाउने पनि उल्लेख छ । तर, नगरका प्रहरी प्रमुख अरुणकुमार सिंहले ने जारी नियम असंवैधानिक र नारी स्वतन्त्रताविरुद्ध भएकाले जबर्जस्ती गर्नेलाई पक्राउ गर्ने धम्की दिएका छन् । 

टिप्पणीहरू