​​मुसाले रक्सी पियो त ?

बरामद ९ लाख लिटर रक्सी थानाबाट गायब भएपछि पटनाका प्रहरी अनुसन्धानको घेरामा परेका छन् । मुख्यमन्त्री नितिशकुमारले विहार राज्यमा रक्सीमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले बरामद रक्सी अदालतसमक्ष पेश गर्दै आएका छन् । तर, पछिल्लोपटक बरामद गरी भण्डारण गरेको रक्सी एकाएक थानाबाटै गायब भयो । पटना थानामा कार्यरत प्रहरीले रक्सी मुसाले खाएको दलिल दिएको छ । तर, राज्यका वरिष्ठ प्रहरी मनु महाराजाले बरामद रक्सी प्रहरीले ब्ल्याकमा मार्केटमा बेच्ने गरेको आशंका गरेका छन् । मुख्यमन्त्री नितिशकुमारले छानबिन समिति गठन गरिसकेका छन् ।

टिप्पणीहरू