​नोट निलेपछि…

कोलम्बियाको पिडेक्वेष्टानिवासी ३० वर्षीया सान्ड्रा मिलेना अल्माइडाले जीवनभरिको वचत सम्पत्ति ९ हजार डलर खाइदिएकी छन् । बाहिर अर्की श्रीमती राखेको छ भनी थाहा पाएपछि सो नगद लोग्नेले चलाउन नपाओस् भन्ने हेतुले निलेकी हुन् । नोट निलेपछि र पेट दुख्न थालेपछि अस्पताल दगुरिन् । एक्स रे गरी हेर्दा चिकित्सकले पेटमा नोट देखे र शल्यक्रिया गरी सय सय डलरको ५७ वटा नोट निकाले । बाँकी ३३ नोट पेटबाट गुदद्वार जाने आन्द्रामा पुगिसकेको बताए । अल्माइडाको शल्यक्रिया सान्ताडेरस्थित युनिभर्सिटी हस्पिटलमा गरिएको थियो । 

टिप्पणीहरू