आज पनि संक्रमित र निधनको संख्या उस्तै, २ हजार बढी संक्रमित हुँदा २५ को मृत्यु

आज पनि संक्रमित र निधनको संख्या उस्तै, २ हजार बढी संक्रमित हुँदा २५ को मृत्यु

कोरोना संक्रमणको कारण आज मुलुकभर २५ जनाको ज्यान गएको छ । त्यसैगरी २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ५२ जनामा पीसीआर तथा ४ हजार ३ सय ६५ जनामा एन्टिजेन गरी १३ हजार १ सय १७ जनामा परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल मुलुकभर ३७ हजार ५ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू