महर्जन चोक र नदीपुरमा १९ जुवाडे भेटिए

महर्जन चोक र नदीपुरमा १९ जुवाडे भेटिए

ललितपुरको महर्जन चोकमा तास खेल्ने ११ जना प्रहरीको फन्दामा परेका छन् । महालक्ष्मी नगरपालिका-३ महर्जन चोकका सुनिल महर्जनको घरमा अवैध रुपमा तास खेलिरहेको अवस्थामा ३२ वर्षीय अनिल महर्जनलगायत ११ जनालाई हिजो प्रहरीले समातेको हो ।

महर्जनको घरमा तास खेलिरहेको सूचनाको आधारमा प्रहरीले महर्जनको घरमा छापा मार्दा ११ जना जुवाडे समातिएका हुन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले महर्जनको घरबाट नगद २ लाख ३८ हजार १८५ रुपैयाँ पनि बरामद गरेको छ ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका-३ नदीपुरका ३७ वर्षीया एकमाया रानामगर पनि अवैध रुपमा तास खेलाइरहेको अवस्थामा पक्राउ परेकी छन् । एकमाया लगायतका ८ जनालाई तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नगद ५६ हजार १ सय ३० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ ।

टिप्पणीहरू