संबैधानिक अङ्गको नियुक्तिउपर सुनुवाइ शुरु

संबैधानिक अङ्गको नियुक्तिउपर सुनुवाइ शुरु

संबैधानिक अङ्गहरुमा नियुक्तिनिम्ति ओली सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको सुनुवाईका लागि पेसी तोकिएको छ ।

महिनौंअगाडि दर्ता भई थन्किएका निवेदनको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलाशमा पेसी चढेको हो ।

अधिवक्ताहरु ओमप्रकाश अर्याल,दिनेश त्रिपाठी,समित खरेलहरु रिट लिएर अदालत पुगेका थिए । वरियताक्रममा माथि रहेका न्यायाधीश बिश्वम्भर श्रेष्ठ बिमार भएपछि हरिकृष्ण इश्वर खतिवडासहितको नयाँ इजलास गठन भएको छ ।

टिप्पणीहरू