सुन तस्करी गरेको गम्भीर आरोपमा कतारका कमरेडको स्पस्टिकरण

सुन तस्करी गरेको गम्भीर आरोपमा कतारका कमरेडको स्पस्टिकरण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेशस्थित जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मोर्चा, कतारका सल्लाहकार संयोजक रमेश गिरीमाथि वेद बोहोराको टोलीले सुन तस्करीको आरोप लगाउँदै संगठनबाट निश्कासितसमेत गरेको भनिएकोमा तथ्य फरक परेको छ ।

गिरीमाथि संगठनको विधान उल्लंघन र अनुशासनहीन काम गरेको, गुटबन्दीलाई बढावा दिएको,व्यक्तिगत स्वार्थमा लागेकोजस्ता आरोप लगाइएको थियो । मोर्चाले महत्वाकांक्षी योजनामा मात्र लागिपर्ने,नीतिगत योजनाहरुलाई बहिस्कार गर्ने गरेका कारण गिरीलाई कारबाही गर्नुपरेको स्पष्टोक्ति दिएको थियो ।

“नेपालमा सिङ्गो पार्टी पलायन भयो,विदेशमा पनि हावा लाग्यो ।”

त्यहि सन्दर्भमा उनै गिरीले मोर्चाले लगाएका आरोपहरु सबै झुठो भएको उल्लेख गर्दै आफ्नो स्पष्टीकरण जनआस्थामा पठाएका छन् । गत शनिबारको मितिमा लेखिएको गिरीको पत्र जस्ताको तस्तै :

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले जनयुध्दमा संघर्षरत युवाहरूलाई थाम्न नसकेर वैकल्पिक बाटो अपनाई वैदेशिक रोजगारलाई बढावा दिएर शुरुमा कतारसँग १ सय २५ डलर मासिक तलबमा काम गर्न सक्ने गरी सम्झौता गरिएको थियो । स्वदेशमा खुला बजार अर्थनीति ल्याएर भएका सरकारी कलकारखाना डुबाउँदै युवाहरूलाई विदेश पलायन गराउने र सांसद खरिद बिक्रीबाट आफू अनुकुल पश्चिमी संस्कृति घुसाउँदै देशलाई कंगाल बनाउने योजनाअनुसार काम भइरहँदाको परिणामस्वरुप देशभित्र आज एमसीसी बहस चलिरहेको छ । नेपाल पनि अफगानिस्तान हुने हो कि भन्ने चिन्ताले सताइरहेको छ ।

विदेशमा तन,स्वदेशमा मन विदेशिएका युवाहरूको दैनिकी हो । नेपाली युवाहरू बाहिरिएसँगै विदेशमा पनि नेपालमा सुशासन कसरी ल्याउने र युवाहरूलाई विदेश पलायन हुनबाट कसरी रोक्ने भन्नेबारेमा चिन्ता हुनु स्वाभाविक थियो । सोही उद्देश्य लिएर मध्यपूर्वमा शुरुमा सन् २००७ को अन्ततिर नेपाली जनप्रगतिशील मञ्च गठन गरियो । यसको उद्देश्य नेपालको क्रान्तिलाई टेवा पुर्याउने नै थियो ।

सोही संगठनले नेपालबाट दुबई हुँदै इराकसम्म अवैधरुपले मानव तस्करी गर्ने गिरोहका नाइके नारायण लम्सालसहितको गिरोहलाई समातेर नेपाली दूतावास युएईमा बुझाएको थियो । त्यो काम सफल हुनुमा नेतृत्वको दृढ विश्वास र इच्छाशक्तिले काम गरेको थियो । जसको नेतृत्व तत्कालीन संस्थापक अध्यक्ष दीपक बोहोराले गर्नुभएको थियो । त्यसको ज्वलन्त उदाहरण हालका कतार मोर्चा अध्यक्ष जयकिशोर पोध्दार हुनुहुन्छ ।

“दोकानका नेपाली साहुले आफ्नो ऋण असुलीको माध्यमस्वरुप सरकारले दिएको छुटअनुसार सुनको ५० ग्रामको एउटा बालो लिएर जान पाउने नियमलाई प्रयोग गर्दै पठाएको जानकारी छ । “

नेपालमा सिङ्गो पार्टी पलायन भयो,विदेशमा पनि हावा लाग्यो । चार वर्षको लामो बहसपछि अन्ततः पार्टी फुट्यो र त्यसको प्रभाव विदेशस्थित युवाहरूलाई पनि पर्यो । उनै संस्थापक युवाहरूद्वारा मोर्चा स्थापना गरी क्रान्तिको लाइनलाई सहयोग गर्ने दृढतासहित सन् २०१२ जुलाई १७ मा मोर्चा गठन गरिएको थियो । साथै सन् २०१३ अगस्त ७ मा रमेश गिरीको नेतृत्वमा १९ सदस्यीय नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व समन्वय समिति घोषणा गरियो । जसको कार्यकाल सन् २०१५ सम्म रह्यो ।

पार्टीमा पुनः फुट र साथीहरूको अविश्वासले गर्दा यसको पुनः गठन हुन सकेको थिएन । यसलाई थाती राखेर आन्तरिक समन्वयमा चलाउने गरी योजना बनाइएको हो । उक्त कडीलाई दुरुपयोग गर्ने प्रयास अहिले भएको छ । यसको उद्देश्य नेपालबाट हुने मानव तस्करी रोक्नु,विदेशमा अलपत्र परेका नेपालीलाई सामूूहिक रुपमा सहयोग गर्नु,नेपालमा अवैध रुपमा हुने सुन तस्करी रोक्नु,खाडीमा गैर आवासीय नेपालीको अस्तित्व अस्वीकार गर्नु र विभिन्न किसिमका गैरकानुनी कामहरुलाई रोक्नु थियो ।

नेपालमा चलिरहेको आन्दोलन र परिवर्तनको चाहनालाई साकार पार्न साथीहरू निरन्तर लागिरहनुभयो । आर्थिक,नैतिक तथा भौतिक सबै हिसाबले नेपालमा फिल्डमा खटिरहेको सदस्यसँग आफूलाई तुलना गर्दै सहयोग गरेको इतिहास साक्षी छ । यो व्यवहारले कमरेड माओको भनाई ‘युवाहरू,यो देश तिम्रै हो’ भन्ने भनाइलाई व्यवहारिक तहमा पालना गरिएको छ र नेपालमा राम्रो सन्देश गएको पनि देखाउँछ ।

“अहिले पार्टीको आन्तरिक कुरा सबै छताछुल्ल पारेर जग हँसाइरहनु भएका केही साथी १० रियाल सहयोग गर्दा पार्टीको आर्थिक विभागबाट रिसिभपत्र माग गर्नुहुन्छ । “

पार्टीको नीति तथा सिद्धान्तलाई मन पराउँदै आफूले सक्ने सहयोग गर्ने बचनवद्धता संस्थाले व्यक्त गर्यो भने सामाजिक क्षेत्रमा पीडितहरुलाई आर्थिक,भौतिक, नैतिक,कानुनी सहयोग गर्दै अगाडि बढ्यो । खाडीमा मानव तस्करको अत्यधिक बिगबिगी रहेको र युवाहरू अलपत्र परिरहेको बेला आर्थिक सहयोग गरेर खाना जुटाउनेदेखि व्यवस्थापन गर्ने कामसम्म मोर्चाले सहयोग गर्दै आएको छ ।

दूतावासलाई प्रभावमा पारेर पीडित मजदुरका मुद्दा सुनुवाइ नगरेको अवस्थामा पनि नेपालमा सिफारिस गरिएअनुसार नेपालबाट मजदुर संगठनले मुद्दा सल्टाउने गरेका उदाहरण छन् । नेपालमा विभिन्न कारणले पीडित भएका, क्रान्तिसँग जोडिएका नेपालीहरुलाई सहयोग उठाएर पठाइएको छ । भूकम्पको समयमा आफ्नै तरिकाले सहयोग उठाएर कतै सरकारको खातामा त कतै पार्टीमार्फत सिधै फिल्डमा पुर्याएर सहयोग गरिएको छ ।

पार्टीको लाइन मन पराउने र आफ्नो पनि सहयोगमार्फत् इतिहास हुनुपर्ने खोजी गरिरहेका सदस्यहरुले विधिभित्र रहेर आफ्नो कर्तव्य पूरा गरिरहनु भएको छ । स्वच्छ मनले नेपालमा भएको इतिहाससँग जोडेर समान हैसियत हुनेगरी जिम्मेवारी लिने कमरेडहरुले नै मोर्चालाई बचाएर निरन्तर अगाडि बढिरहनु भएको छ । त्यहाँ आफ्नो कर्तव्यबाहेक अरु केही हेरिएको छैन । यस्तै कमरेडहरुको हौसलाले नै मोर्चालाई धेरै अगाडि बढ्नमा मद्दत गरिरहेको छ ।

मोर्चाको सहि निर्णयले नै सहि प्रयोग हुँदै आर्थिक दुरुपयोग हुनबाट बचाएको छ । राज्य निरीह हुँदा विपदमा परेका नेपालीहरुको सहयोगमा पनि जुन उध्देश्यले उठायो सोही ठाउँमा पूरै खर्च गरेर पारदर्शी काम गर्दै आइरहेको छ । मोर्चाले कम्पनी बन्द भएर मालिक भागी लामो समयसम्म बिचल्लीमा
परेका नेपालीहरुको उद्धारको लागि आर्थिक सहयोग जुटाएर खाना दिएर बचाउने कामसमेत गरेको छ । मोर्चाले सूचना पाउनुभन्दा पहिले नै नेपालीको दोकानबाट उधारो खाएर ऋण धेरै भइसकेको थियो । पीडितहरुले मोर्चामार्फत कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्कने बेलामा दोकानका नेपाली साहुले आफ्नो ऋण असुलीको माध्यमस्वरुप सरकारले दिएको छुटअनुसार

सुनको ५० ग्रामको एउटा बालो लिएर जान पाउने नियमलाई प्रयोग गर्दै पठाएको जानकारी छ । ती पीडितसँग एयरपोर्ट पुग्ने भाडासमेत नरहेको कारण मोर्चा सल्लाहकार सदस्यले आफ्नो गाडीमा हालेर एयरपोर्टसम्म पुर्याएर मैले छोडिदिएँ भन्ने प्रमाणको लागि फोटो खिचेर मोर्चाको छलफल ग्रुपमा जानकारी गराउँदा आफूले केही नगर्ने तर अरुको खुट्टा काटेर आफू हाइलाइटमा आउने प्रयास गरिरहेका व्यक्तिले बालो देख्नेबित्तिकै अबजेक्सन गर्नुभएको थियो । यो घटनालाई सोही समयमा क्लियर पनि गरिएको थियो । आज यो उठ्नुपर्ने विषय होइन । अहिले पार्टीको आन्तरिक कुरा सबै छताछुल्ल पारेर जग हँसाइरहनु भएका केही साथी १० रियाल सहयोग गर्दा पार्टीको आर्थिक विभागबाट रिसिभपत्र माग गर्नुहुन्छ ।

अब कल्पना गरौं उहाँले संस्थामा कति सहयोग गर्नुभयो र नेताहरुले लजिस्टिक सामान पाए ? उहाँहरु कतारमा बसेको धेरै समय भयो । तर पार्टीले भौतिकरुपमा केही सहयोग पाएको छैन । हाल उहाँहरु नै मिडियामा मनग्ये छाउनु भएको छ । पटक पटक पार्टी हेडक्वार्टरमा पत्र पठाइरहनु भएको छ । नेतृत्वको चरित्र हत्यामा सक्रिय रहनुभएको छ । उहाँको प्रवृत्ति नबुझेर बाहिरी रुपमा सहयोग गरिरहनुभएका साथीहरु भ्रममा हुनुहुन्छ ।

उहाँले भनेको नमानेमा भोग्नुपर्ने नतिजा नै देखाइरहनु भएको छ । यहि प्रवृत्तिलाई समाजले विश्वास गर्ने हो भने वैज्ञानिक समाजवाद होइन यही संसदीय भाँडभैलोभित्र रुमल्लिइरहने पक्का हो । त्यसैले समयमै बुद्धि पुर्याऔं र जग हँसाउन छाडेर एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादमा पुग्ने बाटो प्रशस्त गरौं । आफ्नो कर्तव्य बिर्सेर नेतृत्वको आलोचनामा रमाउन छाडौं । आफूले सक्ने सहयोग गर्न पाउँदा रमाउने बानीको विकास गरौँ । नबुझेको कुरामा केन्द्रीय प्रशिक्षणमार्फत् स्पष्ट भएर अगाडि बढौँ ।

रमेश गिरी संयोजक,नेपाली जनप्रगतिशील मोर्चा,कतार सल्लाहकार समिति ।

टिप्पणीहरू