सिन्धुलीका बस्नेतले मकवानपुरमा त्यागे प्राण

सिन्धुलीका बस्नेतले मकवानपुरमा त्यागे प्राण

सिन्धुली जिल्ला लम्पटार १ बस्ने २८ बर्षका भोजराज बस्नेतको सवारी दुर्घटनामा मकवानपुरमा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ट्रक त्रिभुवन राजपथअन्तर्गतको सुपारेटार व्यारेक नजिकैबाट अनियन्त्रित भई राप्ती खोलामा खस्दा यात्रारत बस्नेतको ज्यान गएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जयश्वर रिमालका अनुसार ट्रक चालक चालक मोरङ जिल्लाको सुन्दरहरैचा ८ बस्ने ३१ वर्षीय राजन बाँस्कोटा र ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य घाइते छन् ।

घाइते चालकको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार जारी छ भने सहचालक आचार्यलाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । भदौ ११ गते शुक्रबार बिहान फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नं को ट्रक खोलामा खसेको हो ।

टिप्पणीहरू