भैँसी बाँध्ने डोरीले घाँटी बाँध्ने दुई जना खोरतिर

भैँसी बाँध्ने डोरीले घाँटी बाँध्ने दुई जना खोरतिर

खोटाङ दिक्तेल मझुवागढी नगरपालिका-३ काँडेका एक जनालाई मारेको आरोपमा प्रहरीले दुई जनालाई समातेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भाइ नारायण थापा र १५ वर्षीय भतिजा रुपन थापा रहेका छन् । आरोपित दुवैले ३३ वर्षीय गिरिराज थापाको हत्या गरेको प्रहरीले बताएको छ । मृतक थापा अभियुक्त नारायणको दाइ र रुपनको काका हुन् ।

थापा भदौ ९ गते घरबाट एकाएक हराएका थिए । प्रहरी,घर परिवार र गाउँलेले खोजतलास गर्दा घर भन्दा २०० मीटर टाढा रहेको बारीको कान्लामा मृत अवस्थामा थापा फेला परेका थिए । १० गते भेटिएको शवको प्रकृति र घटनास्थल हेर्दा हत्याको शंका लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा घरायसी विवादमा अभियुक्त भाइभतिजाले थापाको घाँटीमा भैंसी बाँध्ने प्लास्टिकको डोरीले घाँटी कसेर मारेको वयान दिएपछि दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरुविरुध्द कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ ।

टिप्पणीहरू