श्रीमानलाई कोरोना,आजको संवैधानिक इजलास बस्न मुश्किल

श्रीमानलाई कोरोना,आजको संवैधानिक इजलास बस्न मुश्किल

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई कोरोना संक्रमण प्रक्रितिको बिमारी भएको छ । महामारीबाट जोगिन अनेक प्रयासका बाबजुद पनि उहाँलाई भाइरसले छोएको बताइएको छ ।

श्रेष्ठको अनुपस्थितिका कारण आज बस्न लागेको संवैधानिक इजलास रोकिने सम्भावना छ । केपी ओली सरकारले अध्यादेश ल्याएर गरेको संवैधानिक नियुक्ति बदरसम्बन्धमा परेका रिटमाथि आजको संवैधानिक इजलासमा सुनुवाइ हुने सम्भावना थियो ।

इजलासमा तोकिनुभएका न्यायाधीश श्रेष्ठको अनुपस्थितिका कारण आज इजलास नबस्ने सम्भावना बढेको हो । कोरोना संक्रमणका कारण उहाँ अब कम्तिमा दुई साता सर्वोच्चमा अनुपस्थित हुनुहुने स्रोतले बताएको छ ।
आजै सर्वोच्चमा चुनावताका बम बिष्फोटमा मारिएका २४ जना घाइतेलाई ईँट्टा भट्टामा डढाएको केसमा नख्खू जेलको पाहुना रहेका रौतहटका काङ्ग्रेस नेता मोहम्मद आफ्ताब आलमले उन्मुक्ति पाउन दिएको निवेदनउपरसमेत आजै सुनुवाइ हुने बताइएको छ ।

टिप्पणीहरू