मुख्यमन्त्री “आमा” र छोरा कृष्णवीच चर्को भनाभन

मुख्यमन्त्री “आमा” र छोरा कृष्णवीच चर्को भनाभन

माधव नेपाल खेमा छाडेर ओली खेमातिर लागेलगत्तै मुख्यमन्त्री बन्नुभएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उहाँकै मन्त्रीबीच भनाभन चलेको छ । अघिल्लो बुधबार राती मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्य र उहाँसङ्गै शपथ लिनुभएका सामाजिक विकास मन्त्री कृष्ण खनालवीच भनाभन परेको हो ।

हेटौंडाबाट सीधै माधव नेपाल खेमाको भेलामा सहभागी हुन मङ्गलबार बेलुका चन्द्रागिरी हिल्स पुगेको बिषयमा मुख्यमन्त्री शाक्यले तपाईं अनैतिक मान्छे,तुरुन्तै राजीनामा दिनुस् भनेर उर्दी जारी गरेपछि मन्त्री खनालले पनि मुखभरिको जवाफ फर्काउनुभएको चर्चा छ ।

“तपाईं आफूलाई मुख्यमन्त्री पाउने बित्तिक्कै सामुहिक १० बुँदे सहमति कार्यान्वयन भयो ?”

मन्त्री खनाल चन्द्रागिरी रिसोर्टमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र साँसद भेलामा सहभागी भएको बिषयलाई लिएर मुख्यमन्त्री शाक्यले पेलेर कुरा गरेसँगै खनालले पनि तपाईं अनैतिक कि म अनैतिक ?भन्दै सवाल जवाफ गर्नुभएको हो ।

मन्त्रीको प्रश्नमा मुख्यमन्त्री मौन रहनुभयो । स्रोतका अनुसार खनालले तपाईं आफूलाई मुख्यमन्त्री पाउने बित्तिक्कै सामुहिक १० बुँदे सहमति कार्यान्वयन भयो ? भन्दै मन्त्री खनालले मुख्यमन्त्री शाक्यलाई अर्काे प्रश्न गर्नुभयो ।

“त्यत्रो महिना सामुहिक लडाइँ लडेर पद पाउनासाथ किन एक्लै सम्झौता गर्न जानुभयो ? पद पाएपछि हिजोको प्रतिगमनकारी र गैह्र कम्युनिस्ट महान क्रान्तिकारी ?”

स्थायी समितिको बैठक डाकी त्यसैबाट अब बाग्मती र एक नम्बर प्रदेशको मुख्यमन्त्री को बन्ने भनेर भीम आचार्य र तपाईंको नाममा निर्णय गराएको भए हुन्थेन ? त्यत्रो महिना सामुहिक लडाइँ लडेर पद पाउनासाथ किन एक्लै सम्झौता गर्न जानुभयो ? पद पाएपछि हिजोको प्रतिगमनकारी र गैह्र कम्युनिस्ट महान क्रान्तिकारी ? भन्दै उहाँले शाक्यलाई प्रश्नमाथि प्रश्न तेर्स्याउनुभएको हेटौंडाभरी चर्चा छ ।

टिप्पणीहरू