‘आमा’ को जन्मदिनमा ‘बा’ को नाच बबाल

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यको जन्मदिन मनाउने क्रममा “म भाग्यमानी” बोलको गीत घन्काएर बालकोटस्थित निवासमा छमछम नाच्नुभएको छ ।
यसअघि गत फागुन ११ गते बालुवाटारमा ओलीले विशेष संगीत कार्यक्रमसहित आफ्नो ७० औं जन्मोत्सव मनाइरहँदा सर्वोच्च अदालतले उहाँले गर्नुभएको संसद विघटनको सिफारिशलाई उल्टाइदिएको थियो ।
आफ्नै निवास बालकोटमा मनाइएको श्रीमतीको जन्मोत्सवको क्रममा आफूले नेतृत्व गरेको एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको थियो । जति बेला निर्वाचन आयोगले एकीकृत समाजवादीलाई पार्टी दर्ताको प्रमाणपत्र दिएको थियो, त्यति नै बेला अध्यक्ष ओली आफ्नै आँगनमा छमछम नाच्दै हुनुहुन्थ्यो ।
धेरै जना सहभागी भएको कार्यक्रममा ओली स्वयमले अनुहारमा मास्क लगाउनुभएको छैन । जबकि सरकारले स्वास्थ्य मापदण्ड अपनाउन बारम्बार अनुरोध गरिरहेको छ । उक्त अनुरोध यसअघिको उहाँको सरकारले पनि गरेको थियो ।
https://www.facebook.com/100048532586545/videos/571274207391560/
टिप्पणीहरू